मुलुककै प्रमुख पर्यटकीय गन्तव्यस्थल लुम्बिनीको मायादेवी मन्दिर साढे तीन महिनापछि बिहीबारबाट खुला गरिएको छ । अब स्वदेशी र विदेशी पर्यटक, तीर्थयात्री र श्रद्धालुहरू मन्दिर अवलोकन गर्न सक्नेछन् । मन्दिर खुलेसँगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमती एवं सांसद सुजिता शाक्यसँग यहाँ आएर पूजाआजा गरे ।