माघे सङ्क्रान्ति मनाइँदै

माघ महिनाको सुरु दिन बिहीबार घिउ, चाकु, उसिनेको तरुल र तीलको परिकार खाएर माघे सङ्क्रान्ति पर्व मनाइँदै छ । यसै दिन मासको दाल र चामल मिसाएर घिउ हालेर बनाइएको खिचडी पनि खाने चलन छ । बागमती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. अञ्जु कार्कीका अनुसार जाडोयामको मध्यमा यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिन्छ । उहाँले भन्नुभयो, ‘‘ताप सन्तुलनमा राख्छ र चिसोबाट जोगाउँछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । शरीरलाई निरोगी राख्छ । चर्म रोग हुनबाट जोगाउँछ । ’’ कन्दमूलले पाचन शक्ति बलियो बनाउँछ । उहाँले सङ्क्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिनुभयो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता छ । भक्तपुरको तौमढीमा रहेको तिल माधवनारायणमा यो दिन मेला लाग्छ । रुरु क्षेत्र, काठमाडौँको गौरीघाट, देवघाटलगायतका त्रिवेणीमा स्नान गरेर पवित्र हुने र यी परिकार भोजन गरिन्छ ।

सम्बन्धित सामग्री

आज मकर (माघे) सङ्क्रान्ति

काठमाडौं :  नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति। यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि। यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ।  सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट,

देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द …

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ।...

लिंगाे गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

चितवन- पवित्र तीर्थस्थल देवघाटको बेनीमा शनिबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ। गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो। यसअघि गलेश्वर आश्रममा […]

देवघाट माघे सङ्क्रान्ति मेला : पाँच लाख भक्तजनको व्यवस्थापन गर्ने गरी तयारी पूरा

नवलपुर : माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ। पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत…

प्रदेश प्रमुख गुरुङद्वारा माघे सङ्क्रान्ति पर्वको शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना गरेका छन्।...

माघे सङ्क्रान्ति सांस्कृतिक विविधताको उत्तम उदाहरण : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले माघी/माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।”सभामुखले २०७८ सालको माघी/माघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन

देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने

चितवन/ पवित्र तीर्थस्थल देवघाट क्षेत्र माघे सङ्क्रान्ति अवधिभर सिल गरिने भएको छ । पुस ३० गते बिहानबाट माघ १ गते बेलुकासम्म देवघाट जाने नाका सिल गर्न लागिएको हो । कोभिडको सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले माघे सङ्क्रान्ति मेलामा रोक लगाएको छ । माघे सङ्क्रातिमा छुट्टै मेला नभएर स्नानका लागि देशभर र भारतबाटसमेत भक्तजन आउने […]

माघे सङ्क्रान्ति मनाइँदै

माघ महिनाको सुरु दिन बिहीबार घिउ, चाकु, उसिनेको तरुल र तीलको परिकार खाएर माघे सङ्क्रान्ति पर्व मनाइँदै छ । यसै दिन मासको दाल र चामल मिसाएर घिउ हालेर बनाइएको खिचडी पनि खाने चलन छ । बागमती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. अञ्जु कार्कीका अनुसार जाडोयामको मध्यमा यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिन्छ । उनले भनिन्, ‘‘ताप सन्तुलनमा राख्छ र चिसोबाट जोगाउँछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । शरीरलाई निरोगी राख्छ । चर्म रोग हुनबाट जोगाछ । ’’ कन्दमूलले पाचन शक्ति बलियो बनाउँछ । उहाँले सङ्क्रान्...