कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलिन सक्छ : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ । बिहीबार डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ र घातक भेरिएन्ट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । यसले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती निम्तिने पनि डब्लूएचओको भनाइ छ ।

सम्बन्धित सामग्री

कोरोना भाइरसको उत्पत्तिबारे जान्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान जाने

काठमाण्डाै – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो । आउने महिना १० जना वैज्ञानिकको टोली वुहान जाने बीबीसीले जनाएको छ । वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीन बीच महिनौँदेखि...

डब्लूएचओले भन्यो : कोरोना भाइरसको महामारी चाँडै हराएर जाने विश्वास छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने विश्वास व्यक्त गरेको छ । कोरोना भाइरस संक्रमण फैलिएको आठ महिनापछि डब्लु्एचओले सो विश्वास व्यक्त गरेको हो । डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको भएपनि …

कोरोनाले अफ्रिकामा १ लाख ९० हजारसम्मको मृत्यु हुनसक्छ- डब्लूएचओ

२६ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) रोकथामको उपाय सफल नभए यस वर्ष एक लाख ९० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । डब्लूएचओको एक अध्ययनमा कोरोना भाइरसको महामारीले …

युवा पनि कोरोना भाइरसको जोखिममा : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युवा वर्ग पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ। युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरस मुक्त नरहेको भन्दै मानिससँग भेटघाट नगर्न, जेष्ठ नागरिक र बालबालिकासँग घुलमिल नहुन भनेको छ।

कोरोना भाइरसको त्रासले म्याग्दीको पर्यटन व्यवसाय सुनसान

कोरोना भाइरसको त्रासले विदेशी पर्यटनकको चहलपहल म्याग्दीको पर्यटन व्यवसाय सुनसान छ । ४४ देशमा कोरोना भाइरस प्रभाव परेपछि विदेशी पर्यटकको भ्रमण नेपालमा रोकिदा म्याग्दीलगायत बेनी जोमसोम खण्डका पर्यटकीयस्थलको पर्यटन व्यवसाय सुनसान बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा देखिएको कोरोना भाइरस कोरिया, जापान इटाली हुँदै विभिन्न देशमा फैलिएको छ ।

कोरोना संक्रमणको सन्त्रास

भ्रमण वर्ष त आगामी दिनहरूमा पनि मनाउन सकिन्छ, तर नागरिकलाई कोरोनाबाट बचाउनु सरकारको पहिलो दायित्व हो । अन्ततः नेपाल पनि कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा परेको छ । नेपालले अहिलेसम्म कोरोनाबाट बच्न गरेको पूर्वतयारी नाममात्रको रहेको टिप्पणी भइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राखेको हो । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको खबरसँगै नेपाल सरकारमाथि दायित्व थपिएको छ ।

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल

काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ ।  डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको ...

कोरोनाको जोखिम : उच्च सतर्कता अपनाइँदै

विश्वमै कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनाइरहेको अवस्थामा नेपालमा भाइरस प्रवेशै हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेपछि सरकारले कोराना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाएको जानकारी दिएको छ ।

कोरोना भाइरस : डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

१७ माघ, काठमाडौं । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल …

कोरोना भाइरस चीनबाट अमेरिका पुग्यो, डब्लूएचओको आकस्मिक बैठक बस्दै

चीनको वुहान र साङ्घाई शहरमा देखापरेको कोरोना नामक घातक भाइरस अमेरिका छिरेको छ। अमेरिकामा समेत कोरोना भाइरस पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार आपत्तकालिन बैठक बोलाएको छ।  वुहानबाट अमेरिकाको सियाटल शहर पुगेका अन्दाजी ३५ बर्षीय व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले...