भदौ २७, काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विगत तीन ओटा आर्थिक वर्षको साधारण सभा शनिवार सम्पन्न गरेको छ ।
कम्पनीले आर्थिक वर्ष ०६६/ ६७, ०६७/ ६८ र ०६८/ ६९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारितका लागि शनिवार ३१औं वार्षिक साधारण सभा सम्पन्न आयोजना गरेको हो ।
सर्वसाधारणका लागि आईपीओ जारी गरी बोनस तथा हकप्रद शेयर मार्फत रू. २ अर्ब चुक्तापूँजी कायम गर्ने योजना साथ अघि बढेको संस्थानले समयमै साधारण सभा गर्न नसक्दा पूँजी वृद्धि अभियान अन्योलमा परेको हो । संस्थानले लामो समयदेखि बाँकी रहेको आर्थिक वर्ष ०६६/ ६७, ०६७/ ६८ र ०६८/ ६९ को वार्षिक लेखापरिक्षण सम्पन्न गरी साधारण सभा मार्फत पारित गराएका हो ।
संस्थानका प्रशासक कवि प्रसाद पाठकले पुराना हिसावकितावको तथ्याङ्क व्यवस्थित नभएको र कतिपय अभिलेखनै नष्ट गरेका कारण पुराना आर्थिक वर्षको लेखा परिक्षण हुन ढिलाइ भएको जानकारी दिए ।
अब संस्थानको वित्तीय व्यवस्थान डिजिटल प्रविधिबाट गरिने जानकारी दिदैं आगामी दिनमा यो समस्या नदोहोरिने विश्वास व्यक्त गरे । उनले बाँकी आर्थिक वर्षको साधारण सभा समेत यसै आर्थिक वर्षभित्र सम्पन्न गरी संस्थानले पूँजी वृद्धिको अभियान अघि बढाउने बताए ।
आर्थिक वर्ष ०६९/ ७०, ०७०/ ७१ र ०७१/ ७२ को लेखापरिक्षण सम्पन्न गरी स्वीकृतिका लागि बीमा समितिमा गत असार मसान्तमै पेश भइसकेको र आर्थिक वर्ष ०७२/ ७३, ०७३/ ७४ र ०७४/ ७५ को लेखापरिक्षण समेत समयमै सम्पन्न गर्ने योजना संस्थानको रहेको प्रशासक पाठकले जानकारी दिए ।
शनिवार सम्पन्न सभाले आर्थिक वर्ष ०७२/ ७३, ०७३/ ७४ र ०७४/ ७५ को लेखापरिक्षणका लागि लेखापरिक्षकद्वय केशव प्रसाद न्यौपाने र नन्दकिशोर शर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
हाल संस्थानको चुक्तापूँजी रू. रू. १८ करोड १० लाख २० हजार रहेको छ । यो पूँजी वृद्धि गरी बीमा समितिको निर्देशन बमोजिम संस्थानले रू. २ अर्ब कायम गर्नुपर्नेछ ।
नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले बीमा समितिको निर्देशन अनुसर लाभांश परिमार्जन गरिएको जनाएको छ ।कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.५० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । अब भने कम्पनीले हाल कायम चुक्ता पुंजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बीमा समितिले आयकर खर्च सम्पति ब्यबस्था गर्न र शेयर प्रिमियम हिसाबबाट बोनस शेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरि परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएकोले सोहि अनुसार लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उक्त प्रस्ताव बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ ।
असार २९, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३० गते बुधवार २४औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले प्रधान कार्यालय नक्साल काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७६/ ७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । उक्त सभा प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७४/ ७५ को सञ्चित मुनाफाबाट भने ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । पछिल्लो पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अघिल्लो आर्थिक वर्षनै सर्वाधिक लाभांश कम्पनीले वितरण गरेको थियो ।
त्यसअघि आर्थिक वर्ष ०६८/ ६९ को सञ्चित मुनाफाबाट १०० प्रतिशत बोनस शेयर र २९ दशमलव ६२ प्रतिशत कर सहितको नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।
बीमा समितिको निर्देशन बमोजिम निर्जीवन कम्पनीहरुले कायम गर्नुपर्ने रू. १ अर्ब चुक्तापूँजीका लागि कम्पनीले गत वर्ष ८६ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।
असार १५, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ११ दशमलव ५८ प्रतिशत लाभांश सुरक्षित गर्ने असार १६ गते (बुधवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिकव वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
उक्त लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले असार १६ गतेसम्म लाभांशका लागि शेयर कायम गर्नुपर्ने भएको हो ।
कोभिड-१९ को जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ ।
गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७४/७५ को सञ्चित मुनाफाबाट भने ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । पछिल्लो पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अघिल्लो आर्थिक वर्षनै सर्वाधिक लाभांश कम्पनीले वितरण गरेको थियो ।
त्यसअघि आर्थिक वर्ष ०६८/६९ को सञ्चित मुनाफाबाट १०० प्रतिशत बोनस शेयर र २९ दशमलव ६२ प्रतिशत कर सहितको नगद लाभांश कम्पनीले वितरण गरेको थियो । बीमा समितिको निर्देशन बमोजिम निर्जीवन कम्पनीहरुले कायम गर्नुपर्ने रू. १ अर्ब चुक्तापूँजीका लागि कम्पनीले गत वर्ष ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।