धनकुटा : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले गृह जिल्ला धनकुटामा वितरण गर्न ल्याएको स्वास्थ्य सामग्रीलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले)बीच विवाद बढ्दै गएको छ।धनकुटाका विभिन्न ठाउँमा वितरणको तयारी गरिएको स्वास्थ्य सामग्री सूर्यबहादुर थापा प्रतिष्ठानले दाताको सहयोगमा खरिद गरेको प्रतिष्ठानका संरक्षक तथा कांग्रेस सहमहामन्त्री थापाले दाबी गरेका छन्। तर‚ एमालेले सामान सरकारी भएको दाबी गर्दै आएको छ।ती सामग्रीमा कांग्रेसको झण्डा र चुनाव चिह्न भएको स्टीकर टाँसिए