सुर्खेत– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेको आरोप लगाएका छन् । जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्तो आरोप लगाएका हुन् । ०२०७ साल, २०४६ साल र २०६२–०६३ को जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए । […]