काठमाडौं–साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए । बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथको दर्शन गरेको बर्तालुसँगै रहेका लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले बताए । […]