कतारले न्यूनतम तलब ७ सय ५० रियाल तोके पनि नेपाल सरकारले पुरानो निर्णयअनुसार ९ सय रियाललाई नै यथावत् राखेको छ । साताअघि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले अस्थायी रूपमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल (करिब २१ हजार रुपैयाँ) तोकेको थियो ।