टिप्ताला नाका खुलाउन पहल

झन्डै चार वर्षदेखि बन्द ओलाङचुङगोला टिप्ताला भन्ज्याङ नाका खुलाउन सीमावर्ती क्षेत्रका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीले आआफ्नो क्षेत्रबाट पहल गर्ने सहमति गरेका छन् । सीमावर्ती क्षेत्र ताप्लेजुङ र चीनको डिङजे काउन्टीका जनप्रतिनिधि तथा प्रशासन प्रमुखसहितले सोमबार दुई घण्टा भर्चुअल बैठक गरेका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले दुवै क्षेत्रबाट आफ्नो देशको माथिल्लो निकायमा यो विषयमा पहल गर्ने विषयमा छलफल भएको बताइन् ।

सम्बन्धित सामग्री

तीन वर्षदेखि बन्द टिप्ताला नाका खुलाउने पहल गर्न पालिकाको आग्रह

पछिल्लो तीन वर्षदेखि बन्द ताप्लेजुङको टिप्ताला नाका खुलाउन पहल गर्न अनुरोध गर्दै फक्ताङलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ। कोभिड–१९ लाई कारण देखाउँदै बन्द गरिएको नाका तीन वर्षसम्म बन्द...