रोहित शर्माको खेल हेर्न अष्ट्रेलिया पुगे नेपाली समर्थक महेन्द्र

काठमाडौं । भारती क्रिकेट टिमका कप्तान रोहित शर्माको खेल हेर्न एक जना नेपाली क्रिकेट समर्थक अष्ट्रेलियाको सिड्नी पुगेका छन् । रोहितको डाई हर्ट फ्यान बताउने नेपालका महेन्द्र टी-२० विश्वकप अन्तर्गत भारत र नेदरल्याण्ड्सबीच बिहीबार भएको खेल हेर्न सिड्नी पुगेका हुन् । सुपर १२ अन्तर्गत भारत र नेदरल्याण्ड्सबीद्ब सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेल हेर्न महेन्द्र त्यहाँ […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ ।  एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।

निर्णायक टेष्टको पहिलो पारीमा अष्ट्रेलिया बलियो स्थितिमा

भारत र अष्ट्रेलियाबीचको चौथो, अन्तिम तथा निर्णायक टेष्टको दोस्रो दिनको खेल वर्षाले प्रभाबित भएको छ । दोस्रो दिनको खेल वर्षाले प्रभाबित भई स्थगित हुनुअघि भारतले पहिलो पारीमा दुई विकेटको क्षतिमा ६२ रन बनाएको छ । ओपनरद्वय रोहित शर्मा र मयन्क अग्रवाल पेभेलियन फर्किसकेका छन् । शर्मा ४४ रन बनाएर पेभेलियन फर्किनुभयो । भारत पहिलो पारीमा अझै ३०७ रनले पछाडि परेको छ । तेस्रो दिनको खेल चेतेश्वर पूजाराले आठ तथा अजिन्क्यै रहानेले दुई रन बनाएर अगाडि बढाउनेछन् । अष्ट्रेलियाका लागि नाथन लियोनले एक तथा प्याट्ट क्युमिन्सले एक विकेट लिनुभयो ।

भारतलाई अष्ट्रेलिया विरुद्धको श्रृखंला

ओपनर रोहित शर्माले आफ्नो अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट जिवनको २९ औं शतक लगाएपछि भारतले अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेल जितेको छ ।