पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमवार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो ।
प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी ४ प्रतिस्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेलहरू आर्मी अफिसर्स क्लबको दुई वटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई ...