मंसिर ४ पछि एमालेको सरकार बन्छ : छविलाल विश्वकर्मा

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मंसीर ४ पछि नेकपा एमालेको सरकार बन्ने बताएका छन् । एमाले सरकारमा गएपछि सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने उनले आश्वासन व्यक्त गरे ।रुपन्देही क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले जनताको हित र देश विकासको स्पष्ट भिजन र एजेन्डा एमालेसँग मात्रै भएकाले मंसिर ४ को चुनावमा जनताले एमालेलाई नै बहुमत दिने दावी गरे । शनिबार देवदह– १०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार

सम्बन्धित सामग्री

विष्णु पौडेलको चुनावी खर्च साढे २२ लाख, रुपन्देहीमा एमालेबाट जितेका अरुको कति ?

रुपन्देही । मंसिर ४ मा भएको संघीय तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट रुपन्देहीमा उम्मेदार बनेका नेताहरूले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका छन् । केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, प्रदेश सदस्य वासु घिमिरेले खर्च विवरण पेश गरेका हुन् । उनीहरू तीनैजना विजयी भएका थिए । प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदारमध्ये पराजित उम्मेदवारको खर्च विजेताभन्दा बढी […]

एमाले लुम्बिनीको आमनिर्वाचन समीक्षा: महासचिव पोखरेल पराजित भएको दाङको आलोचना

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले मंसिर ४ मा भएको आमनिर्वाचनको समीक्षा गरेको छ । बुटवलस्थित प्रदेश कार्यालयमा बसेको प्रदेश कमिटीको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, प्रदेशमा रहेका पार्टी केन्द्रका नेताहरु, सबै जिल्लाका इन्चार्ज तथा अध्यक्षहरु सहभागी रहेर […]

'एकपटक महिलालाई मत दिऊँ भन्ने मतदाताको मनस्थिति छ'

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दलहरूले प्रत्यक्षतर्फ उम्मेदवारीमा दलित, महिला, अल्पसंख्यक र अपाङ्गता भएकाहरूको उल्लेख्य प्रतिनिधित्व गराएनन् । ठूलो दल नेकपा एमालेले प्रत्यक्षतर्फ सचिव छविलाल विश्वकर्मा मात्रैलाई उम्मेदवार बनायो भने सत्तारुढ नेपाली कांग्रेसले त एक जनालाई पनि उम्मेदवार बनाएन । नेकपा माओवादी केन्द्रबाट भने दलित समुदायका दुई नेता उम्मेदवार छन् ।