मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दलहरूले प्रत्यक्षतर्फ उम्मेदवारीमा दलित, महिला, अल्पसंख्यक र अपाङ्गता भएकाहरूको उल्लेख्य प्रतिनिधित्व गराएनन् । ठूलो दल नेकपा एमालेले प्रत्यक्षतर्फ सचिव छविलाल विश्वकर्मा मात्रैलाई उम्मेदवार बनायो भने सत्तारुढ नेपाली कांग्रेसले त एक जनालाई पनि उम्मेदवार बनाएन । नेकपा माओवादी केन्द्रबाट भने दलित समुदायका दुई नेता उम्मेदवार छन् ।