माेरङ – सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका–७ तारेगामाबाट तस्करी गरिएको ६ हजार किलोग्राम गहुँ बरामद गरेको छ। सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले भारतदेखि तस्करी गरेर नेपाल भित्रिएको गहुँ मंगलबार साँझ बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार लामिछानेले ट्याक्टरको ट्रलीमा लोड गरेर राखेको अवस्थामा गहुँ फेला परेको […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले निर्वाचित भएका हुन। नेता नेपाल ३३ हजार ५५२ मत पाएर विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले विद्युत् महसुल नतिर्ने ६ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि पटकपटक ताकेता गर्दासमेत महशुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले विद्युत् बन्द गरिदिएको हो । कार्यालय प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार विद्युत् लाइन काटेर कारवाही गरेपछि तिनीहरुबाट रु १७ करोड ५१ लाख २८ हजार जरिवानासहित विद्युत् महसुल उठेको छ । ती मध्ये सोही अवधिमा पाँच हजार सात सय ७६ ग्राहकको लाइन जोडिए
दाङ - दाङको घोराही क्षेत्रमा झन्डै ६ हजार मानिसमा आँखासम्बन्धी समस्या रहेको पाइएको छ।
नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालले गरेको एक अध्ययनमा घोराहीमा ५ हजार ८ सय ५ जनामा आँखासम्बन्धी समस्या भएको तथ्याङ्क सार्वजनिक गरेको हो । उनीहरुमा आँखामा लाग्ने मोतियाबिन्दु, अन्धोपनलगायतका समस्या रहेका राप्ती आँखा अस्पतालले जनाएको छ ।
आँखासम्बन्धी समस्या भएका ५ हजार ८ सयमध्ये ३ हजार ३ सय ६१ जना मोतियाबिन्दुसम्बन्धी समस्याका बिरामी रहेका राप्ती आँखा अस्पतालका प्रमुख प्रशासकीय अधि...
संखुवासभा : मकालु गाउँपालिकामा पर्ने मकालु हिमालबाट साढे ६ हजार किलोग्राम फोहोर संकलन गरिएको छ। नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले फोहोर संकलन गरिएको छ। मकालु हिमालको आधार शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका मेजर रुपकजंग थापाले जानकारी दिए। हिमाल भावी सन्ततिका लागि जोगाउन सरकारले अभियान चलाएको मेजर थापाको भनाइ छ। टोलीले मकालु हिमालको ७ हजार ४०० मिटर उचाईसम्मको फोहोर संकलन गरेको जनाएको छ। उनले फोहोर हेल
काठमाडौं। नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार १५९ जनालाई होल्डमा राखि सम्झाई बुझाई छाडेको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उनीहरुलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ। हाल देशका ७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लामा अनावश्यक हिँडडुलमा कडाई गरिएको छ।
काठमाडौँ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। ती मध्ये १ हजार ८ सय ५४ भरिएका र ४ हजार ८ सय ५ खाली सिलिन्डर छन्। सङ्कलन गरिएका सिलिन्डरमध्ये ५ हजार २ सय ९३ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई […]
काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। संकलन गरिएका सिलिन्डरमध्ये ५ हजार २९३ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। बाँकी रहेका १ हजार ३६६ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा प्रहरी कार्यालयमा राखिएको छ।
काठमाडौं। कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित 'तपाईंको मास्क खोई?' कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ४५७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। प्रहरीले 'संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ' भन्ने नारा सहित 'तपाईंको मास्क खै?' लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ।