बैतडी । बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले मनसुनको प्रभाव बढ्दै गएका बेला विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ […]