म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटकी टीका पाइजाले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी लिँदै आउनुभएको छ । पाइजाको घर वरपरको खेतबारी यतिखेर तरकारी खेतीले भरिएको छ ।
१५ पुस, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैया शिविरका महादेव चौधरीले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । एक दशक अघिदेखि चौधरी तरकारी खेतीमा संलग्न हुँदै आएका हुन् । चौधरीको स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै छ । थप पाँच कठ्ठा जग्गा रु १० दश हजार वर्षको तिर्ने गरी भाडामा लिएका छन् । […]
दाङ : तुलसीपुर उपमहानगरपालिका ५ बस्ने राजु थापाले तुलसीपुर १२ र १६ र मा गरी विगत ४ वर्षदेखि १० बिघा जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले तुलसीपुरमा होटल व्यवसाय पनि गर्दै आइरहेका छन्। कोरोनाको बेलामा सबै क्षेत्रहरू बन्द भएपछि उनी लगायत केही युवाहरू मिलेर तरकारी खेती गरेको भएयता पनि पछि अरु साथीहरूले समय अभावका कारण यो व्यवसायबाट हात झिकेपछि अहिले उनले मात्र गर्दै आइरहेका छन्।उनले भने,‘कोरोनाका कारण पहिलो चरणमा लकडाउन भएपछि सबै व्यापारीहरू बन्द भएपछि
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैया बस्तीकी सनमती चौधरीको दिनचर्या फेरिएको छ । परिवारको खर्च जुटाउनका लागि उनी पहिला बिहानीको झिसमिसेमै मजदुरीमा जानु हुन्थ्यो । साँझ अबेर थाकेर घरफर्कनु हुन्थ्यो । मजदुरीबाट आएको पैसाले परिवारको खर्च चल्थ्यो । हाल उनी तरकारी खेतीमा संलग्न भएका छन् । व्यावसायिक तरकारी खेती गरेर सनमतीका सात जनाको परिवार खर्च सहज […]
काठमाडौँ,१८ पुष । शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैया बस्तीकी सनमती चौधरीको दिनचर्या फेरिएको छ । परिवारको खर्च जुटाउनका लागि उनि पहिला बिहानीको झिसमिसेमै मजदुरीमा जानु हुन्थ्यो । साँझ अबेर थाकेर घरफर्कनु हुन्थ्यो । मजदुरीबाट आएको पैसाले परिवारको खर्च चल्थ्यो । हाल उहाँ तरकारी खेतीमा संलग्न हुनुभएको छ । व्यावसायिक तरकारी खेती गरेर सनमतीका सात जनाको परिवार […]
तुलसीपुर उपमहानगरपालिका-१५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बन्नुभएकी उहाँले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको छ । उहाँले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहनुभएको छ । “धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर घर(घर […]
काठमाडौँ,११ पुष । तुलसीपुर उपमहानगरपालिका १५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बनेकी उनले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल भएकि छन् । उनले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहेकि छन्। “धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी […]
सुर्खेत । भेरीगंगा नगरपालिका–४ ठुलो हर्रेका दलबहादुर खड्का ०६२ साल यता तरकारी खेतीमा संलग्न छन् । सुरुका केही वर्ष आफ्नो गर्जो टार्नमात्रै तरकारी खेती गरेका उनले बिस्तारै लगानी बढाउँदै गए । ५ वर्ष अघिदेखि उनले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।४ रोपनी जग्गामा विभिन्न तरकारी खेती गरेका उनी अहिले यसबाटै प्रशस्त कमाउन थालेका छन् । उनी भन्छन्, ‘बर्खे सिजनमा मात्रै तरकारीबाट झण्डै चार लाख जति आम्दानी हुन्छ । ५ जना परिवार यसैबाट पालिरहेको छु, धेरथोर बचत पनि भइरहेको छ ।’सोही ठाउँ
काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालीम दिएको छ । संस्थाले गत सोमवारदेखि बुधवारसम्म रूपन्देहीको शुद्धोधन–४ स्थित फर्साटिकरमा उक्त तालीम दिएको हो । संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले व्यावसायिक तरकारी खेतीका लागि करेसाबारीको परिचय, महत्त्व, तरकारीको नर्सरी बनाउने तरीका, हिउँदे तरकारीखेती प्रविधिका बारेमा तालीम दिइएको बताए ।
त्यसैगरी फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि, जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि लगायतका बारेमा जानकारी गराइएको उनले बताए । साथै तरकारी खेतीमा मलखादको प्रयोग, सिँचाइ तथा व्यवस्थापन, सागबाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी बालीमा लाग्ने रोग तथा कीराहरूको बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
श्रेष्ठका अनुसार विषादी व्यवस्थापन, तरकारी बालीमा उचित पोस्ट हार्भेस्ट, बेचबिखन तथा बजार व्यवस्थापन विषयमा ग्राहक सदस्यलाई प्रशिक्षण दिइएको थियो । त्यस्तै संस्थाले प्रदान गर्दै आएका सेवाहरू, बचतको महत्त्व र बचतका प्रकार, व्यावसायिक योजना, वित्तीय साक्षरता लगायत विषयमा समेत सहभागीहरूलाई जानकारी दिइएको बताइएको छ । व्यावसायिक तरकारी खेतीका लागि तालीम प्रभावकारी हुने संस्थाका नायब महाप्रबन्धक श्रेष्ठको भनाइ छ ।
केन्द्रीय कार्यालय तनहुँको बन्दीपुर–१ डुम्रेमा रहेको यस संस्थाले देशको ग्रामीण क्षेत्रमा सेवा दिँदै आएको छ । गत चैत मसान्तसम्ममा ७१ हजार ३ घरधुरीमा सेवा विस्तार गरेको संस्थाको भनाइ छ । संस्थाका अनुसार चैत मसान्तसम्ममा ग्राहक सदस्यको १ अर्ब २५ करोड रुपैयाँ बचत रहेको छ भने ४ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरिएको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, बस्नेतथोक नारायणस्थान टोलका बासिन्दा सामूहिक तरकारी खेतीमा लागेका छन् । गाउँका ३१ परिवार बस्नेतथोक नारायणस्थान पशुपन्छी तथा जडीबुटी कृषि फार्म निर्माण गरेर व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । गत जेठमा संस्था दर्ता गरी खेती थालिएको समूहका अध्यक्ष देवी थापाले बताउनुभयो ।
शारदा नगरपालिका–६ बरलाका लोकराज भण्डारीले १४ रोपनी जग्गामा १८ वटा टनेल बनाई व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । ३० वर्षदेखि तरकारी खेती गरेर वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनी खेतीमा केही समस्या आए काठमाडौंमा रहेका कृषिविज्ञ केदार बुढाथोकीसँग अनलाइनमार्फत सल्लाह लिने गरेका छन् ।