गण्डकी प्रदेशमा करिब २० प्रतिशत होटल व्यावसायी पलायन भएको होटल व्यावसाय महासंघले बताएको छ। महासंघ गण्डकीले कोभिड–१९ र त्यसको असरका कारण करिब २० प्रतिशत होटल व्यवसायी पलायन भएको जनाएको हो।...
काठमाडौं । प्रेम दिवसका लागि एक सातामै करीब साढे २ करोड रुपैयाँको गुलाब भित्रिएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएशनको तथ्यांक अनुसार प्रेम दिवसका लागि भारतबाट २ करोड ४७ लाख रुपैयाँ बराबरको २ लाख ६० हजार स्टिम गुलाबको फूल आयात भएको हो ।
प्रेम दिवसको अवधिभर नेपालमा २ लाख ८० हजार स्टिम गुलाब फूल (डचरोज तथा लोकल)को कारोबार हुने अनुमान गरिएको छ । यसमध्ये काठमाडौं उपत्यकामा १ लाख ६८ हजार स्टिम र १ लाख १२ हजार स्टिम उपत्यका बाहिरका शहर बजारमा खपत हुने अनुमान छ । गतवर्ष प्रेम दिवसको अवसरमा नेपालमा २ लाख ७ हजार स्टिम गुलाबको कारोबार भएको थियो ।
एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यसपटक आन्तरिक उत्पादनले गुलाबको कुल बजार मागको ७ प्रतिशत धान्नेछ । ९३ प्रतिशत माग भारतबाट आयात गरी पूरा गर्ने लक्ष्य लिइएको छ । यसअघि सामान्य अवस्थामा प्रेम दिवसका लागि आवश्यक पर्ने ६५ प्रतिशत गुलाब भारतबाट आयात हुने र ३५ प्रतिशतसम्म नेपालको आन्तरिक उत्पादनले धान्ने अवस्था थियो । तर कोरोना महामारीका कारण कतिपय पुष्प व्यवसायी पलायन भएको र कतिपयले लगानी घटाएकाले यस वर्ष गुलाबका फूल बढी आयात गर्नुपरेको अध्यक्ष तामाङले बताए । यद्यपि आगामी वर्षदेखि भने आन्तरिक उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
गतवर्ष प्रतिस्टिम मूल्य ८० देखि १०० रुपैयाँसम्म रहेको गुलाब अहिले ८० देखि १२० रुपैयाँसम्ममा विक्री भइरहेको छ । नेपालमा चाडपर्व बाहेकका सामान्य दिनमा पनि करीब १० हजार स्टिम गुलाबको माग हुने गरेको छ ।
नेपालमा गुलाब फूलको व्यावसायिक खेती काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र काभ्रेमा हुने गरेको छ भने अन्य जिल्लामा पनि यसको खेती विस्तार हुन थालेको नेपाल फ्लोरिकल्चर एशोसिएशनले बताएको छ ।
राष्ट्र बैंकको सर्कुलरका कारण अनौपचारिक च्यानलबाट ‘कस्मेटिक’ सामानको आयात हुन सुरु भएको छ । शत् प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायीले पैसा राख्न नसक्दा अनाधिकृत च्यानलबाट कस्मेटिक सामान आयात हुन थालेको हो ।‘विजनेश स्लो भईसक्यो, सर्कुलरले क्यास फ्लोमा इफेक्ट गरेको छ’ नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठ भन्छन्, ‘गैरकानुनी बाटोबाट सामान आउन थालिसकेको छ, यसरी अनाधिकृत च्यानलबाट सामान आउँदा सरकारले कर पाउँदैन, गैरकानुनी च्यानलबाट आएका सामानको बजारमा बिगबिगी भईसक्यो ।’स्याम्पो लगायतका कस्मेटिक सामानको आयातमा सय प्रतिशत क्यास मार्जिन राख्नुपर्ने भएपछि यसले लिगल वेबाट काम गर्दै आएका व्यवसायीलाई मारमा पारेको श्रेष्ठको गुनासो छ । यति मात्रै नभई, बजारमा अनौपचारिक बाटो हुँदै सामान भित्रिएपनि यस विषयमा राज्यका कुनैपनि संयत्रले अनुगमन गरेका छैनन् ।साना व्यवसायी पलायन हुने खतरानेपालमा कस्मेटिक सामान आयात गर्ने व्यवसायीहरु साना ठूला गरेर २ सयको हाराहारीमा छन् । यीमध्ये धेरैले सानो सानो परिणाममा सामान ल्याउँछन् । यति मात्रै नभई, ब्राण्डेड सामानहरु आयात गर्ने आयातकर्ता निकै कम छन् । सबैले शतप्रतिशत नगद मार्जिन राखेर सामान आयात गर्न नसक्ने भएकाले साना व्यवसायीहरु पलायन हुने खतरा रहेको व्यवसायीहरु बताउँछन् ।मूल्य पनि बढ्योनेपाली बजारमा कस्मेटिक सामानको मूल्य बढ्न सुरु भएको छ । एकातिर कानुनी बाटोबाट सामान कम मात्रामा आयात भएको र अर्कोतिर पहिले आयात भएको स्टक घट्दो क्रममा रहेकाले सामानको मूल्य बढ्न थालेको हो । ‘यसअघि २५० मा पाईने ब्राण्डेड स्याम्पो अहिले ३५० सम्म पुगेको छ’ एक जना कस्मेटिक व्यवसायी भन्छन् । पूरानो उधारो बजारमै फस्योयसअघि उधारोमा सामान लिने खुद्रा व्यापारीबाट आयातकर्ताले पूरानो पैसा नै उठाउन मुस्किल परेकाले बजारको चलिरहेको ‘चेन ब्रेक’ भएको वितरक संघका निवर्तमान अध्यक्ष श्रेष्ठ बताउँछन् ।‘हामीले सामान ल्याएर दिएपछि मोर देन ६० डेजमा मात्रै क्यास रिकभरी हुन्थ्यो, अहिले त हामीले माल दिनै पाएका छैनौँ’ उनले भने, ‘हामीबाट माल नपाएपछि उसले अर्कै बाटोबाट आएको भएपनि माल त खोज्छ, हामीसँग इलिगल वेबाट आएको माल हुने कुरा भएन । अनि उसले जताबाट भएपनि सामान त व्यवस्था गर्छ, हामीले पाउनुपर्ने पैसा उता लगानी गरेपछि हाम्रो पूरानो उधारो त उठेन ।’ अभावको संकेतअहिले बजारमा सामानको अभावै भने देखिएको छैन । तर, होलसेलमा अपर्याप्त भने हुन थालिसकेको छ । यसले अबको २ हप्ताभित्रै बजारमा कस्मेटिक सामानको अभाव हुँदैछ भन्ने संकेत गरेको व्यवसायीहरुको अनुमान छ ।
कोरोनाका कारण पर्यटन व्यवसाय थलिए पनि पा“चतारेसहित विभिन्न स्तरका होटेलहरू खुल्ने क्रम रोकिएको छैन । शनिवार अन्तरराष्ट्रिय चेन ब्रान्ड हायात प्लेस होटेल थपिएको छ । यसले नेपालमा पर्यटन व्यवसायले चा“डै नै पुनर्जीवन पाउने आशा व्यवसायीमा रहेको कुरालाई पुष्टि हुन्छ ।
अहिले केही होटेल र ट्राभल एजेन्सीहरूले एक्लाएक्लै पर्यटन ल्याउन काम गरिरहेको पाइन्छ । तर, सामूहिक प्रयासविना पर्यटनले राम्रो गति लिइहाल्ने अवस्था भने छैन ।
हायात प्लेसको निर्माण ६ वर्षअघि नै थालिएको हो । हायात प्लेसमात्रै होइन, कोरोना कालमै अन्य होटेलहरू पनि निर्माण सम्पन्न भएका छन् र कतिपय होटेल निर्माणाधीन पनि छन् । नेपालमा पछिल्लो समय तारे र बुटिक होटेलहरू खोल्ने क्रम तीव्र भएको पाइन्छ । तिनमा पनि अन्तरराष्ट्रिय चेनका ब्रान्ड होटेलहरूको संख्या बढ्दो छ । अहिले मेरियट, ताज, अलफ्ट, हिल्टन, शेराटन, फेयरफिल्ड, हायात, फ्रेन, स्वीस, क्राउनजस्ता अन्तरराष्ट्रिय व्यवस्थापनका ब्रान्डहरू नेपालमा कार्यरत रहेको पाइन्छ । १० वर्षअगाडि नेपालमा १० ओटामा सीमित रहेका पा“चतारे होटेलको संख्या अहिले १५ पुगिसकेको छ । चारतारे होटेलको संख्या ११ पुगिसकेको छ । पर्यटकस्तरका होटेलको संख्या ५ सय नाघेको छ । नेपालभर गरेर होटेलमा १० खर्बको हाराहारीमा लगानी भएको अनुमान छ । १० अर्बको लगानी गत आवमा मात्रै थपिएको देखिन्छ । अहिले होटेलका लागि ९ अर्बभन्दा बढी लगानीको प्रस्ताव आएको छ । यी सबै तथ्यले कोरोनापछि पर्यटनले लय लिन्छ भन्नेमा व्यवसायीहरू विश्वस्त रहेको देखाउ“छ । पर्यटनका लागि यो निकै शुभ सन्देश हो । सरकारले व्यवसायीको यो विश्वासलाई मर्न नदिन सकेसम्म प्रोत्साहनको नीति लिनुपर्छ । यी पूर्वाधारविना पर्यटनको कल्पना पनि गर्न सकि“दैन । त्यसैले निजीक्षेत्रको हौसलालाई बचाइराख्नु सरकारको दायित्व नै हो ।
बाह्य लगानीका लागि पनि राम्रो प्रतिबद्धता आएको देखिएकाले अन्तरराष्ट्रिय लगानीकर्तामा पनि पर्यटन व्यवसायले चाँडै गति लिने विश्वास रहेको देखाउ“छ । कोरोनाका कारण अझै केही वर्ष पर्यटन नतङ्ग्रने विश्लेषण भइरहँदा लगानीकर्ताको यो उत्साहले पर्यटन चाँडै नै लयमा फर्किने आशा जगाएको छ । सशस्त्र द्वन्द्वका बेला कतिपय देशमा पर्यटक आगमन शून्यमा गएको उदाहरण पनि छ । तर, नेपालमा भने द्वन्द्वकालमै पनि पर्यटक आगमन त्यसरी शून्यमा गएन । तैपनि त्यतिबेला कैयौं ठूला होटेल बन्द भए । पर्यटन व्यवसायीहरू पनि पलायन भए । कोरोना कालमा केही साना होटेललाई छाडेर बन्द नै गरेको भने पाइएको छैन । केही पर्यटन व्यवसायी पलायन भएको भनिए पनि त्यसको स्पष्ट आँकडा भने पाइएको छैन ।
त्यसैले अब पर्यटन व्यवसायलाई गति दिन सरकारी सक्रियता आवश्यक देखिएको छ र यसमा नयाँ रणनीति पनि जरुरी देखिन्छ । हुन त यत्तिकै बसे पनि पहिलाकै स्थितिमा नपुग्ला भन्न सकिँदैन तर सक्रियता देखाए चाँडै नै पुनरुत्थान हुने देखिन्छ । पुनरुत्थानका लागि कस्तो रणनीति तय गर्ने, कस्ता पर्यटन प्याकेज ल्याउने, प्रचारका लागि केकस्तो तरिका अपनाउनेजस्ता काम उल्लेखनीय रूपमा भएको पाइँदैन । पर्यटन पुनरुत्थानका लागि निजी र सरकारी दुवैका सामूहिक प्रयास आवश्यक छ । यसका लागि सरोकारका समूहबीच बृहत् अन्तरक्रिया र ठोस नीति बनाउन आवश्यक छ । अहिले केही होटेल र ट्राभल एजेन्सीहरूले एक्लाएक्लै पर्यटन ल्याउन काम गरिरहेको पाइन्छ । तर, सामूहिक प्रयासविना पर्यटनले राम्रो गति लिइहाल्ने अवस्था भने छैन ।
नेपालमा अत्यधिकलाई कोरोनाविरुद्ध खोप लगाइसकिएको र केही महीनाभित्रै सबैलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ । यस्तो अवस्थामा बाह्य पर्यटक आगमनका लागि गरिने प्रयासले सकारात्मक प्रभाव ल्याउने नै छ । अहिले भारतपछि अमेरिका र यूरोपका पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । यसले गुणस्तरीय पर्यटकका लागि अवसरसमेत दिलाउन सक्ने देखिन्छ । तर, सरकार, व्यवसायी र पर्यटन बोर्डको सामूहिक प्रयास, प्रचार र प्रडक्टमा नवीन अभ्यास भने अपेक्षित छ । यसतर्फ सम्बद्ध सबैको ध्यान जानु जरुरी छ ।
काठमाडौं । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो ।
प्mलोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गतवर्ष मखमली पूmलको मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो ।
केही दिनअघि परेको पानीले फूलखेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्यांक छ । त्यसैगरी कोरोना महामारीका कारण करीब २२ प्रतिशत पुष्प व्यवसायी पलायन हुँदा समग्र फूलखेतीमा कमी आएकोे बताइएको छ । चितवन, रूपन्देही, नवलपरासी, दाङ, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लामा लगाइएको फूलखेतीमा वर्षात्ले धेरै क्षति पुर्याएको एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले बताए । यद्यपि तिहारमा खपत हुने मखमली फूलको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र बाँकी १५ प्रतिशत माग फूल आयातपछि पूर्ति हुने उनले बताए । गतवर्षको तुलनामा मालाको मूल्य बढे तापनि यस वर्षको तिहारमा देशभर करीब साढे १८ लाख मालाको खपत हुने अनुमान गरिएको एशोसिएशनले बताएको छ, जसमध्ये १५ लाख सयपत्री, ३ लाख मखमली, १५ हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ ।
करीब ६ अर्ब रुपैयाँ लगानी रहेको पुष्प व्यवसाय ४३ जिल्लामा फैलिएको छ । ७ सय व्यवसायीसहित करीब ४० हजारभन्दा धेरैले यस क्षेत्रमा रोजगारी पाएका छन् ।
नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटिरहेको छ । चालू आवमा व्यवसायीहरूलाई राहत हुने गरी विभिन्न मौद्रिक व्यवस्था गरिदिएको राष्ट्र बैंकले आगामी आवका लागि व्यवसाय चलाउन र जोगाउन केकस्तो नीति अवलम्बन गर्ला भन्ने चासो छ । त्यसैअनुसार सरोकारवालाहरूले राष्ट्र बैंकलाई सुझावहरू दिइरहेका छन् । कोरोनाबाट प्रभावित व्यवसायमध्ये पर्यटनको अवस्था निकै दयनीय छ । यो व्यवसाय सहज रूपमा सञ्चालन हुन अझै १ डेढ वर्ष लाग्न सक्छ । त्यसैले यो व्यवसाय जोगाउन तथा यसमा कार्यरत दक्ष जनशक्तिलाई पलायन नहुन नदिन सरकार र राष्ट्र बैंकको विशेष ध्यान जानुपर्छ । राष्ट्र बैंकले धेरै सहयोग गर्न सक्दैन किनभने उसको आफ्नै सिमाना छ । तैपनि उसले आगामी आवको बजेट वक्तव्यका कार्यक्रमसँग तालमेल मिल्ने गरी मौद्रिक नीति आउनुपर्छ ।
कोरोनाका कारण समग्र व्यवसाय प्रभावित भएको छ । त्यसैले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन निजीक्षेत्रका संगठनहरूले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने विविध विषयको सुझाव पेश गरेका छन् ।
कोरोनाका कारण समग्र व्यवसाय प्रभावित भएको छ । त्यसैले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन निजीक्षेत्रका संगठनहरूले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने विविध विषयको सुझाव पेश गरेका छन् । व्यवसाय र उद्योगधन्दाका लागि कर्जा सबैभन्दा महत्त्वपूर्ण विषय हुन आउँछ । सस्तो कर्जाको उपलब्धताले व्यवसाय विस्तार हुन्छ । त्यसैले बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्नेदेखि कर्जामा विभिन्न राहत उपलब्ध गराउनुपर्ने माग निजीक्षेत्रको रहेको छ ।
कोरोना प्रभावित उद्योग व्यवसायको अवस्था हेरी कर्जा भुक्तानी म्यादलाई ३ देखि ५ वर्षसम्म थप गर्नुपर्छ । कोरोनाबाट सबैभन्दा प्रभावित व्यवसाय पर्यटन हो तर चालू आवमा पनि यस क्षेत्रले सरकारले दिएको राहत राम्ररी पाउन सकेन । पर्यटन क्षेत्रका लागि दिएका सुविधाहरू पनि केही टाठाबाठा व्यवसायीले मात्रै पाउन सकेको र अन्यले पाउन नसकेको गुनासो साना व्यवसायीहरूको रहेको पाइन्छ । भ्रमण वर्षको तयारी भएकाले धेरै व्यवसायीले लगानी विस्तार गरेका थिए । कतिपय नयाँ लगानीकर्ता पनि आएका थिए । तिनले अझै केही वर्ष बैकलाई किस्ता तिर्न नसक्ने अवस्था छ । त्यसैले पुनर्कर्जा सीमा बढाउन आवश्यक छ । आगामी ३ वर्षसम्म पनि पर्यटन व्यवसाय सुधार हुन कठिन भएकाले व्यवसायलाई कुल कर्जाको ८० प्रतिशतसम्म पुनर्कर्जा सुविधा दिइनु आवश्यक छ ।
कोरोना कारणले सृजित समस्याबाट अति तथा मध्यम प्रभावित उद्योग व्यवसायको नोक्सानी लगातार २ आवसम्म हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै कर्जा जोखिमको व्यवस्थाका लागि निगरानी सूची र कालो सूचीमा राख्ने हाल कायय व्यवस्थालाई २ वर्षसम्म नै स्थगित गर्नुपर्छ । आव २०७७/७८ का लागि जारी गरिएको मौद्रिक नीतिले उपलब्ध गराएका किस्ता तथा ब्याज भुक्तानीसम्बन्धी सबै सुविधालाई आगामी आवमा पनि निरन्तरता दिनुपर्छ । सबै उद्योगी तथा व्यवसायी आगामी असार र असोजभित्र तिर्नुपर्ने ब्याज र साँवाको किस्ता जरीवानाविना आगामी चैत मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गर्नुपर्छ ।
व्यवसाय ठप्प हुँदा पर्यटन व्यवसायमा सञ्चालन पूँजीको अभाव छ । खासगरी साना तथा मझौला व्यवसायी बढी समस्यामा छन् । उनीहरूले सहज कर्जा पाएका छैनन् । नेपालको पर्यटनमा साना तथा मझौला व्यवसायीको ठूलो अंश छ । ठूला व्यवसायीहरूले आप्mनो व्यक्तिगत ग्यारेन्टीमा या आफ्नो कुनै धितो राखेर कर्जा लिन सक्छन् । तर, साना र मझौला उद्योगी, व्यवसायीहरूलाई धितो राख्नलाई पनि गाह्रो छ । त्यसैले मौद्रिक नीतिले उनीहरूलाई सहज कर्जाको व्यवस्था गरिदिनुपर्छ ।
अहिले ९४ प्रतिशत होटेल कोरोनाका कारण बन्द भएका छन् । तीमध्ये १७ प्रतिशत होटेल पूर्ण बन्द रहेको अनुमान छ । ८७ प्रतिशत होटेलले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् । अहिले होटेलमा क्षेत्रमा मात्रै ६५ प्रतिशत जनशक्ति बेरोजगार भएका छन् । अहिले विश्वका प्रमुख पर्यटकीय स्थलहरूले ७५ प्रतिशतसम्म छूटको घोषणा गरेर अहिले बुक गरेका पर्यटकलाई १ वर्षसम्म उक्त छूट दिने गरी विज्ञापन गरिरहेका छन् । नेपालका व्यवसायीहरूले त्यति ठूलो छूट दिएर व्यवसाय चलाउन सक्ने अवस्था छैन । त्यसैले अवस्था सामान्य भए पनि पर्यटन क्षेत्र चलायमान हुन निकै वर्ष लाग्न सक्छ । विश्वभरि नै आयस्रोत खुम्चन गएका कारण मानिसहरू सहजै पर्यटनका लागि निस्केलान् भन्न सकिने अवस्था छैन । यस्तोमा आन्तरिक पर्यटनले केही राहत दिन सक्छ । यसका लागि व्यापक रूपमा खोप लगाइनुपर्छ । साथै, सरकारले आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले कर्जाको सहजता र ब्याजदरमा छूटको व्यवस्था गरिदिनुपर्छ । यसो भएमा पर्यटन केही सस्तो बनाउन सकिन्छ जसले गर्दा आन्तरिक पर्यटनबाट लाभ लिन सकिन्छ । जेजसरी हुन्छ व्यवसायीलाई पलायन हुनबाट जोगाउनुपर्छ ।
चालू आवमा राष्ट्र बैंकले दिएको सहुलियत धेरै व्यवसायीले पाउन सकेनन् । चालू आवका धेरै नीतिहरूलाई पक्कै पनि मौद्रिक नीतिमा निरन्तरता दिइनेछ । नीतिगत व्यवस्था कार्यान्वयन पक्ष बढी महत्त्वपूर्ण हुन्छ । त्यसैले राष्ट्र बैंकले साना तथा मझौला पर्यटन व्यवसायीले कर्जा, पुनर्कर्जा तथा व्यवसाय सञ्चालन कर्जा पाउन सक्ने अवस्था सुनिश्चित गरिदिनुपर्छ । सरकारले दिएका सुविधाहरू कतिपय पर्यटन व्यवसायीले पाउन सकेका छैनन् । राष्ट्र बैंकले दिने सुविधा पनि त्यस्तै नहोस् भन्नेमा ध्यान जानुपर्छ ।
सरकारले ५० अर्बको व्यवसाय सञ्चालन कोषमार्फत साना तथा मझौला व्यवसायीलाई ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो । तर, त्यो कोषबाट पर्यटन व्यवसायी लाभान्वित हुन वञ्चित रहे । यस्तोमा राष्ट्र बैंकले पर्यटन व्यवसायलाई संकटग्रस्त व्यवसाय मानी यस क्षेत्रमा सहुलियत ब्याजदरको कर्जा अनिवार्य प्रवाह गराउने नीति अवलम्बन गरिनुपर्छ । यसमा जाने कर्जाका लागि विशेष ब्याजदर र तथा अन्य छूट आदिको व्यवस्था गरेर बैंकहरूलाई साना तथा मझौला पर्यटन व्यवसायमा कर्जा दिन प्रोत्साहित पनि गर्नुपर्छ ।
विदेशी विनिमय सञ्चितिमा विशेष योगदान दिने व्यवसाय भएकाले यस क्षेत्रलाई जोगाउनु आवश्यक हुन्छ । तर, अहिले धमाधम पर्यटन व्यवसायी पलायन हुन थालेका छन् । तिनलाई सस्तो कर्जा उपलब्ध गराएर व्यवसायमा टिकाउनु अहिलेको प्रमुख काम हो । सरकारले केही राहत दिएको छ अब राष्ट्र बैंकले पनि राहत पुग्ने गरी मौद्रिक नीति लिनु अनिवार्य छ ।
लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।