सर्लाहीमा १८ सय ९८ मिटरब्याजपीडितले दर्ता गरे निवेदन
सर्लाहीमा १८ सय ९८ जना अनुचित लेनदेन (मिटरब्याज) पीडितहरुले निवेदन दर्ता गराएका छन्। पीडितहरूले जिल्ला प्रशासन कार्यलय सर्लाहीमा उपस्थित भएर निवेदन दर्ता गराएका हुन्। पीडितहरुले दर्ता गराएको मिटरब्याजपीडितहरुको नगरपालिका गत...
रौतहट । रौतहट जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजसम्बन्धी २ हजार ५८ थान उजुरी दर्ता भएका छन् । रौतहटका १८ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी कटहरिया र सबैभन्दा कम राजदेवीबाट उजुरी परेको जिल्ला प्रशासन कार्यालय रौतहटका सूचना अधिकारी मणिभूषण साहले बताए ।
सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । सो जाँचबुझ आयोग गठन हुनु अगावै रौतहटमा ९२ ओटा उजुरी दर्ता भएका थिए, जसमध्ये आठओटा फछ्र्योट भइसकेको उनले जानकारी दिए । उजुरीका लागि वैशाख १७ गतेदेखि ३१ गते सम्मको समय तोकिएकोमा दुई पटक म्याद थप गरी जेठ १४ गतेसम्म समय बढाइएको थियो । मिटरब्याज पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित निवेदन जिल्ला प्रशासन कार्यालय रौतहटमा दिएका हुन् ।
मधेश प्रदेशमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता १८ हजार ७१ पुगेको गृह मन्त्रालयको तथ्यांक छ । बारामा ३ हजार ३२२, सिराहामा २ हजार ९२०, धनुषामा २ हजार ६१५, महोत्तरीमा २ हजार ३३६, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२०, सप्तरीमा १ हजार ५७९ र पर्सामा १ हजार ३२१ ओटा उजुरी परेका हुन् ।
सर्लाहीमा मिटर ब्याजपीडितहरुको संख्या अत्यधिक देखिएको छ। मिटर ब्याजबाट पीडित रहेको भन्दै छानबिन र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा करिब एक हजार पाँच सय पीडितले निवेदन दर्ता गराएका छन्।...