कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन्। साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पुर्याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए। ‘हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो’ अध्यक्ष धनाडीले भने, ‘