कचनकवल गाउँपालिकाका स्थानीय हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार हात्तीले एक महिना अघिदेखि दु:ख दिएको छ र हात्ती धपाउन स्थानीय रातभर जाग्राम बस्ने गर्छन् ।
बेदकोट (कञ्चनपुर)- खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो छ। टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् ।
हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्...