कोरोना संक्रमण बढेपछि बेलायतमा पुनः लकडाउन घोषणा गरिएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेकोले देशव्यापी लकडाउन गरिएको बताएका छन्। उनले नागरिकलाई घरैमा बस्न आग्रह गरेका छन्। योसँगै मंगलबारदेखि नै शैक्षिक संस्थाहरु अनलाइनमाध्यमबाटै सञ्चालित हुनेछन्। अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर ननिस्कन भनिएको छ। शारीरिक अभ्यास र मेडिकल सहायता बाहिर निस्कन सक्ने जनाइएको छ। यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने जनाइएको छ।