कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले आइतवार त्यहाँको सरकारको राजीनामा स्वीकृत गरेको कुवेत समाचार एजेन्सी (कुना) ले जनाएको छ।
अमिरले नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउको रूपमा काम गर्न सोही सरकारलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतको नयाँ सरकार गठन नभएसम्म प्रत्येक मन्त्रीले आफ्नो पदमा कायम रहनेछन् ।
'प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ र कुवेतमा नयाँ सरकार गठन नभएसम्म सबै मन्त्री आफ्नो पदमा रहनेछन्,' कुनाले जनाएको छ । नोभे...