तीन होमस्टेलाई २४ लाख अनुदान

गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि  र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गलकोट नगरपालिका–६ भुज...

सम्बन्धित सामग्री

मापदण्डविपरीत होमस्टेलाई पनि अनुदान

गण्डकी प्रदेश होमस्टे सञ्चालन कार्यविधि २०७५ अनुसार एक तिहाइ होमस्टे मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । मापदण्डअनुसार पाहुनाको लागत हरेक घरमा कम्तीमा एक कोठा र दुई बेड हुनुपुर्ने, बढीमा चार कोठा र आठ बेड मात्र राख्न पाइने, शौचालय र स्नानगृहको अनिवार्य व्यवस्था हुनुपर्नेलगायत मापदण्ड पूरा होमस्टे दर्ता गराउनुपर्छ । त्यो मापदण्ड औसत ६७.५ प्रतिशत मात्र पूरा भएको छ ।

कोरोनाले पाहुनाविहीन बने तनहुँका होमस्टे

तनहुँ । सधैं पाहुनाको भीड लाग्ने व्यास नगरपालिका–१३ को आँपस्वाँरा दलित सामुदायिक होमस्टे अहिले पाहुनाविहीन भएको छ । कोरोनाले दुई वर्षदेखि पर्यटन व्यवसाय पुरानो लयमा अझै फर्कन नसकेपछि होमस्टे सञ्चालक मर्कामा परेका छन् । पाहुना नआउँदा होमस्टे सञ्चालक कामविहीन भएका छन् । कोरोना संक्रमण कम हुँदै गएपछि हाल जनजीवन सामान्य लयमा फर्किए पनि पाहुना भने नआएको होमस्टे सञ्चालकको भनाइ छ । पाहुना नआउँदा व्यवसाय ठप्प भएको होमस्टेका सञ्चालकको गुनासो छ । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेपछि पाहुनाविहीन हुँदा होमस्टे सञ्चालक खेती किसानी गरेर जीविकोपार्जन गरेको बताउँछन् । बास बस्न आएका पाहुनालाई दिइएको सेवाबाट प्राप्त आम्दानीले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९ सुरु भएसँगै घरबास प्रभावित भएको सञ्चालकहरू बताउँछन् । विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकै आशलाग्दो थियो । ०७६ चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुनाविहीन भएको होमस्टे अझै तंग्रिन नसकेको होमस्टे सञ्चालक रेशम विकले बताए । कोरोनाले थलिएको पर्यटन दशैंपछि जुर्मुराउन थालेकामा पुनः ओमिक्रोनले प्रभावित बनेको भानु नगरपालिका–१३ टुटेपानीस्थित टुटेपानी होमस्टे व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिए । ‘दुई वर्षदेखि सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो लागेको थियो तर ओमिक्रोन फैलिएपछि पाहुना आउनै पाएनन्,’ अध्यक्ष गुरुङले भने । ग्रामीण पर्यटनको माध्यमबाट आर्थिक अवस्था उकास्न रोजेका गाउँलेलाई दुई वर्षसम्म कोरोनाले थला पारेको गुरुङले बताए । पर्यटक बढेर लय समात्न नपाउँदै फेरि पाहुना आउन छाडेपछि होमस्टे सञ्चालक मर्कामा परेका हुन् । गुरुङ समुदाय बहुल बस्ती टुटेपानीमा ०७२ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । ०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको थियो । बसाइँसराइले सुनसान गाउँ पाहुनाले गुल्जार हुँदै गएपछि गाउँलेहरू उत्साहित बनेका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरू गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दै पाहुनाको स्वागत सत्कारमा व्यस्त भएका थिए । दुई वर्षसम्म कोरोनाले पाहुनाविहिन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन् मार परेको गुरुङको भनाइ छ । पूर्वाधार विकासले बामे सर्दै गरेको होमस्टे पाहुनाविहीन हुँदा गति लिन नसकेकाले सञ्चालक मर्कामा परेको उनको बुझाइ छ । यस्तै पीडा चार वर्षअघि सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भित्र्याउन सफल भीमाद नगरपालिका–९ भानुमतीको पाथर्दी सामुदायिक होमस्टेका सञ्चालकको छ । यो होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन नसकेको उनीहरू सुनाउँछन् । व्यावसायिक बोयर बाख्रापालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको संख्यामा झरेको व्यवस्थापन समिति अध्यक्ष शिवकुमार आलेले बताए ।  ‘यहाँका उकाली–ओराली, भन्ज्याङ चौतारी, वन वनस्पति, झरना जताततै पाहुना हुन्थे । अहिले सुनसान बनेको छ,’ अध्यक्ष आलेले भने । हाल ओमिक्रोनको असर घट्दै गएपछि होमस्टे खुला गरिए पनि पाहुना नआएको सञ्चालकको भनाइ छ । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झन्डै ५० होमस्टेले लिएर पूर्वाधार विकास र प्रवर्द्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । चल्तीका होमस्टे टुटेपानी, रानागाउँ, आँपस्वाँरा, हर्षपुर, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेका छैनन् । रासस

गण्डकी प्रदेशका ३० होमस्टेलाई दुई  करोड ९७ लाख अनुदान

गण्डकी प्रदेशका विभिन्न जिल्ला र स्थानिय तहमा संचालन भएका ३० घरबास (होमस्टे)ले प्रदेश सरकारबाट अनुदान पाउने भएका छन् । प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा अपुर्ति मन्त्रालयबाट होमस्टेको पुर्वाधार विकासका...

प्रदेशका ३० वटा होमस्टेलाई १० लाख अनुदान

गण्डकी प्रदेश सरकारले पहिलो चरणमा ३० वटा सामुदायिक होमस्टे (घरबास कार्यक्रम) लाई आर्थिक सहयोग गर्ने भएको छ ।प्रदेशको पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत पर्यटन कार्यालय पोखराले अनुदानका लागि आवेदन दिएका ६२ वटा होमस्टेमध्ये पहिलो चरणमा ३० वटा छनौट गरेको पर्यटन कार्यालय पोखराका प्रमुख पुरन गिरीले बताए ।प्रदेशका ११ जिल्लामध्ये पहिलो चरणमा सबै भन्दा […]

गण्डकी प्रदेश भित्र ३० वटा ‘होमस्टे परियोजना’का लागि छनोट, एउटाले १० लाख पाउने

गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदेश भित्रका ३० वटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको छ । प्रदेश भित्रका कुल ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो । छनोटमा परेका ३० वटा होमस्टेलाई प्रति होमस्टे १० लाखका दरले नगद अनुदान उपलब्ध गराउन समेत प्रदेश मन्त्रिपरिषद्ले पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । यीम

होमस्टेलाई सरकारी अनुदान

लमजुङ । पर्यटन प्रवर्धनमा सघाउने होमस्टेलाई सरकारी अनुदान उपलब्ध गराइने भएको छ ।  गण्डकी प्रदेश सरकारले लमजुङका १४ वटा होमस्टेलाई अनुदान उपलब्ध गराएको हो । पूर्वाधार विकास र पर्यटन विकासका लागि ...

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

काठमाडौँ । समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे घरबास कार्यक्रम