भाइटीकाका दिन पनि वाग्मती सफाइ, महाअभियानकाे ४ सय ४३ औँ हप्ता पूरा

काठमाण्डाै – तिहारको अन्तिम दिन सबै जना भाइटीकाको तयारी गरिरहेका बेला वाग्मती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकूल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ । त्यस क्षेत्रमा सफाइ महाअभियानले चार सय ४३ औँ हप्ताको सफाइ गरेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य डा....

सम्बन्धित सामग्री

एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ।...

बडादसैँमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए ।‘राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयमसेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान आजदेखि ४९० औँ हप्तामा प्रवेश गरेको हो । यस अवसरमा बुद्धनगरको वाग्मती पुलमा जम्मा भएका अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन नकुहिने फोहोरलाई व्यवस्थापन गरेकोे अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।महाअभियानमा वाग्मती किनार सडकको दुवैतर्फ घरदैलो कार्य

वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ– नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए ।‘राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयम्सेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान आजदेखि ४९० औँ हप्तामा प्रवेश गरेको हो । यस अवसरमा बुद्धनगरको वाग्मती पुलमा जम्मा भएका अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी एक […]

वाग्मती सफाइ महाअभियान ४५५ औँ हप्तामा

वाग्मती सफाइ महाअभियानको ४५५ औँ हप्तामा शङ्खमूल पुल मुनिको वाग्मती किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी विभिन्न समूहमा बाँडिएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिइएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । माघको चिसो भए पनि अभियानकर्मी बिहान ७ बजे नै वाग्मती किनारमा भेला भएका थिए ।सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, वाग्मती सफाइ अभ

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्ताको तयारी

काठमाडौँ, ५ पुस: ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औँ हप्तामा प्रवेश गर्दैछ । महाअभियानले ४५० औँ हप्ताको विशेष कार्यक्रममा उपस्थित भएर सफाइमा सहभागी हुन आह्वान गरेको छ । सो अवसरमा पुस १० र १७ गते बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित विशेष कार्यक्रमको आयोजना गरिएको […]

गुह्येश्वरीमाथिको वाग्मती सफाइ ४०० औँ हप्तामा

काठमाडौँ– गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४००औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले ४०० औँ हप्ता प्रवेश कार्यक्रम नदी किनारमा सफा गरेर मनाइएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए […]

साउने झरीसँगै वाग्मती सफाइ ४२७ औँ हप्तामा

साउने झरीबीच वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । महाअभियानको ४२७ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

वाग्मती सफाइ महाअभियान ४२३औँ हप्तामा

काठमाडौँ, ५ असार: पशुपति र शङ्खमूल क्षेत्रको वाग्मती किनारमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । वाग्मती सफाइ महाअभियानको ४२३औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा भएको सफाइमा छ अभियानकर्मीले सफाइ गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए । पशुपति क्षेत्रको […]

सावधानी अपनाउँदै वाग्मती सफाइ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तीव्र भइरहेका बेला साङ्केतिक रूपमा चार स्थानमा वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । विसं २०७० जेठ ५ गतेदेखि राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको सफाइ महाअभियान आठ वर्ष हुन लाग्दा समेत जारी छ । महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, […]

निषेधाज्ञाबीच वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ, १८ वैशाख: नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा वाग्मती सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवम् अभियानकर्मी डा माला […]