वाग्मती सफाइ महाअभियानको ४५५ औँ हप्तामा शङ्खमूल पुल मुनिको वाग्मती किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी विभिन्न समूहमा बाँडिएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिइएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । माघको चिसो भए पनि अभियानकर्मी बिहान ७ बजे नै वाग्मती किनारमा भेला भएका थिए ।सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, वाग्मती सफाइ अभ