पहिलेको जमानामा माटोको भाँडोमा खाना पकाइन्थ्यो तर आजकल जमाना बदलिँदै जाँदा मानिसहरू नयाँ भाँडाकुँडामा खाना पकाउन थालेका छन् ।
खाना पकाउनका लागि पीतल, काँस, चाँदी, फलाम, आलुमिनियम, स्टील र ननस्टिक कूकवेयरको उपयोग हुन्छ । यी सबै भाँडामा खाना पकाउनुका आआफ्नै फाइदा र नोक्सानी छन् तर आलुमिनियममा खाना पकाएर खानु चाहिँ स्वास्थ्यमा खेलवाड गर्नु नै हो ।
तर अचम्मको कुरा चाहिँ आलुमिनियम नै आजभोलि भान्सामा अत्यधिक उपयोग हुन्छ । यो दुई कारणले हुन्छ : पहिलो, यसमा खाना छिट्टो पाक्छ र दोस्रो, यो अरू भाँडोभन्दा सस्तो हुन्छ । त...