म्याग्दी – बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देखिने टोड्के मनोरम दृश्यावलोकनको गन्तव्यका रुपमा विकास हुँदै गएको हो ।
समुन्द्री सतहबाट २५ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको टोड्केमा विभिन्न भौतिक पूर्वाधारहरुको विस्तार भएसँगै पछिल्लोपटक याे ठाउँ पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
पछिल्लो समय बेनी नगरपालिकाको डडुवा हुँदै पूर्णगाउँ, वाखेत, मंगलाको कुहुँ र रघुगंगाक...