सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाहरुको परिवारले आफन्तको सास वा लास दिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार पीडित परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।महोत्तरीको सोनमा गाउँपालिका–२ बस्ने वीरेन्द्रकुमार यादव सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीका सर्लाही जिल्लाको एरिया कमिटी मेम्बर (एसिएम) थिए । वीरेन्द्रका अनुसार उनलाई खोज्नका लागि नेपाली सेनाको टोली उनको घर गइरहन