आर्थिक वर्ष २०७८–७९ मा ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्योट भएको राष्ट्रिय सूचना आयोगले जानकारी दिएको छ । नेपालको संविधानको धारा २७ मा भएको सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि स्थापित आयोगमा गत आर्थिक वर्षमा १ हजार ८१ वटा पुनरावेदन परेकोमा १ हजार ७७ वटा पुनरावेदन फर्छ्योट गरिएको आयोगको भनाइ छ । पुनरावेदन मध्ये महिलाका तर्फबाट ८ सय ३९ वटा र पुरुषका तर्फबाट २ सय ४२ वटा रहेका छन् । यस अवधिमा ४ वटा सार्वजनिक निकायले सूचना उपलब्ध गराउन आदेश गर्दासमेत सूचना उपलब्ध नगराएकोले स