काठमाडौँमा बालेन शाहले ४१३ मत ल्याउँदा स्थापितको ३६६

काठमाडौँ- काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणानामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार १२ सय ८० मत गन्दा वालेनले ४१३ भोट ल्याएका छन् । नेकपा एमालेका केशव स्थापित दोस्रो स्थानमा छन् । उनले ३६६ भोट पाएका छन् । वालेन स्थापित भन्दा ४७ मतले अघि छन् […]

सम्बन्धित सामग्री

काठमाडौँमा बालेनको ‘ब्लास्ट’ कार्यशैली

काठमाडौँ : एउटा मेयरले चाहेको खण्डमा के कति काम गर्न सकिन्छ ? भन्ने प्रमाण काठमाडौँका मेयर बालेन शाहले विस्तारै प्रमाणित गरिरहेका छन् । जबकी कुनै बेला काठमाडौँमा सडक फराकिला बनाउन तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले मात्रै डोजर प्रयोग गर्ने हिम्मत गरेका थिए । अहिले काठमाडौँमा अवैध संरचना भत्काउन र सडक फराकिलो होइन कि नगरपालिकाबाट अनुमति नै […]

बालेन भन्छन्,‘साइकल लेन हचुवाको भरमा बनाउनु हुन्न’

काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले अध्ययनबीना साइकल लेन बनाउन नसकिने जनाएका छन्। साइकल दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले काठमाडौँमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन्। ‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, […]

चार महानगरमा गठबन्धनकै अग्रता, काठमाडौँमा बालेन धेरै अगाडि

काठमाडौँ : विराटनगरबाहेक देशका पाँचवटै महानगरको मतगणना जारी छ। तीमध्ये चारवटै महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन्। हालसम्मको मतगणनाअनुसार बालेनले नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितभन्दा १७ हजार बढी मतले अग्रता लिएका छन्। बालेनले ३९ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत र सिर्जनकोभन

काठमाडौँमा स्थापितभन्दा बालेन २८७५ मतले अगाडि

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । सोमबार (२ जेठ)को मध्यान्ह १२ बजेसम्मको आयोगले दिएको जानकारीअनुसार साहले दुई हजार ८५७ मतान्तरले अग्रता कायम […]

काठमाडौँमा अग्रता फराकिलो बनाउँदै बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायमै राखेका छन्। उनले ३ हजार ११० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६४५ मत ल्याएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंह १ हजार ६०२ मत ल्याएर तेस्रो स्थानमा छिन्। अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मत […]

काठमाडौँमा बालेन र स्थापितबीच ८०५ को अन्तर

काठमाडौँ-  काठमाडौँ महानगरपालिकामा ‍बालेन शाह र केशव स्थापतिबीच ८०५ मतकाे अन्तर रहेकाे छ। ताजा  मत गणना अनुसार बालेनले १८९६ मत प्राप्त गरेका हुन्। बालेनलाई नेकपा एमालेका उम्मेदवार  स्थापितले पछ्याइरहेका छन्। उनले  अहिलेसम्म १०९७ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत प्राप्त गरेकी छन्। उनी र स्थापितबीच मात्र १४२ मत अन्तर […]

काठमाडौँमा बालेन धेरै अगाडि, सिर्जनाले भेट्नै लागि स्थापितलाई

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १५७५ मत ल्याएका छन्। हालसम्म साहले १५७५ मत प्राप्त गरेका छन्। यता नेकपा एमालेका केशव स्थापितको अहिलेसम्म ९८५ मत पुगेको छ। स्थापित भन्दा शाह ५९० मतले अगाडि छन्। स्थापितको नजिक नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह पुगेकी छन्। उनले अहिलेसम्म ८२५ भोट प्राप्त गरेकी छन्।

काठमाडौँमा बालेन शाहको फराकिलो मतान्तर कायमै

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९८० मतसाथ अग्रता कायम राखेका छन्। शाहलाई ८०० मतसाथ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ५९४ मत पाएकी छन्। वडा १, २, ३, ४ र ३२ को मतगणनाका क्रममा बालेनले अन्य प्रतिष्पर्धीहरुलाई पछि पारेका हुन्।

काठमाडौँमा ३२५ मत गन्दा बालेन ११४ साथ अगाडि

काठमाडौँ- काठमाडौँ महानगरका वडा नम्बर १ र ३२ मा जारी मतगणनाका क्रममा अहिलेसम्म ३२५ मतको आधिकारिक परिणाम आएको छ। अहिलेसम्म ३२५ मत गन्दा बालेन शाहले ११४ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ८१ मत ल्याएकी छन्। त्यस्तै, एमालेका केशव स्थापितले ४७ मत ल्याएका छन्।

काठमाडौँमा अग्रता बढाउँदै बालेन

काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।