प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस भएको छ । पाँचदलीय गठबन्धन सरकारमा सबै दललाई व्यवस्थापन गरी मन्त्रिपरिषद् विस्तार गर्न चुनौती भएको हो । गठबन्धन दलभित्र मन्त्रीका आकांक्षी धेरै भएको र दलहरूले पनि बढी भन्दाबढी मन्त्रालय आ–आफ्नो भागमा पार्न खोजेकाले मन्त्रिपरिषद् विस्तारमा चुनौती थपिएको भएको छ । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ गरी कूल ५० जना प्रदेश सांसदको समर्थनमा कात्तिक १६ मा मुख्यमन्त्री नियुक्त भएका राईले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।