वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो पौने २ बजे मृत्यु भएको छ ।
नारायणी अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार अस्पतालको आइसोलेसन वार्डमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो पौने २ बजे मृत्यु भएकोे हो ।
ज्वरो र खोकीले सिकिस्त भएपछि उपचारको लागि नारायणी अस्पताल ल्याइएकी ती महिलामा निमोनिया देखिएको र शनिबार नै अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।