एकैपटक ९५८ प्रहरी निरीक्षकको सरुवा, ६४ जनाको पदस्थापन

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ ।  प्रहरी महानिरीक्षक वसन्त कुँवरले आज एकैपटक ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् ।  विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै वरिष्ठ सईबाट निरीक्षकमा बढुवा भएका ६४ जनाको पदस्थापन भएको छ ।

सम्बन्धित सामग्री

प्रहरीका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरिक्षक (एसपी)हरुलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने  निर्णय गरेका थिए । १ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज र

३२ प्रहरी वरिष्ठ उपरीक्षकको पदस्थापन (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ३२ जनाको पदस्थापन गरिएको छ । गृह मन्त्रालयको पत्राचार अनुसार उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सूची !

प्रहरीका ३२ एसएसपीको पदस्थापन (सूचीसहित)

गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू  (एसएसपी)को पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक नम्बरमा बढुवा भएका गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ । सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवामा पदस्थापन गरिएको छ ।  सुशीलसिंह राठौरलाई मानवस्रोत विकास विभागमा, उमाप्रसाद चतुर्वेदीलाई नेपाली राजदूतावास नयाँ दिल्लीमा र द

चार प्रदेशका प्रहरी प्रमुखको सरुवा, नयाँ डीआईजीहरूको पदस्थापन

काठमाडौँ– नेपाल प्रहरीले चार प्रदेशका प्रहरी प्रमुखको सरुवा गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले चार प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई सरुवा गर्दै ती प्रदेशहरूमा हालै डीआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको हो । बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदुपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान […]

एसपीमा बढुवा भएका सात जनाको पदस्थापन [सूचीसहित]

प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका सात जनालाई पदस्थापन गराइएको छ ।  डीएसपीबाट एसपीमा बढुवा भएका जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई पदस्थापन गरिएको हो ।   हेर्नुहोस् सूची

नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा, सात एसएसपी र एसपीको पदस्थापन (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ भने सात जना एसएसपी र सात जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न निकायमा कार्यरत एसएसपीको सरुवा भएको हो भने भर्खरै एसपीबाट एसएसपीमा बढुवा भएका र डिएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन भएको हो । जसमा कर्णाली […]

५०३ असईको पदस्थापन, को कहाँ ? [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी सहायक निरीक्षक (असई)हरूको पदस्थापन गरेको छ । भदौ २७ गतेदेखि लागू हुने गरी ५०३ जना असईको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका ९८ जना प्रहरी निरीक्षकको पदस्थापन (सूचीसहित)

काठमाडौं, साउन २२ । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृहसचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेको थियो । बुधबार बसेको प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनीहरुको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका ९८ जना इन्स्पेक्टरको पदस्थापन

प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी निरीक्षकहरूको पदस्थापन गरेको छ । साउन १४ मा प्रहरी नायव निरिक्षक (सई)बाट बढुवा भएका इन्स्पेक्टरहरूलाई पदस्थापन गरिएको हो ।  बुधवार प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टर पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो समयदेखि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) बसेका हिमालय शाहलाई विशेष प्रहरी कार्यदल गुल्म महाराजगञ्जमा पदस्थापन गरिएको छ ।

नेपाल प्रहरीका ११ एसपीको पदस्थापन, दुर्गा सिंहको ठाउँमा उमाशंकर पन्जियार

नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत कृष्णकुमार महतलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा पदस्थापन गरिएको छ ।