डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

डोल्पा। शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र ...

सम्बन्धित सामग्री

नेपाल सवारीसाधन प्रदूषण मापदण्ड भन्नाले के बुझिन्छ ?

नेपालमा आयात हुने ट्रयाक्टर, पावर टिलर, डोजर, डम्पर, क्रेन, लोडर, स्काभेटर, दमकलबाहेकका सवारी र ढुवानी साधनका लागि

स्वराज कम्पनीले ल्यायो ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर बजारमा

असोज २२, पोखरा । ट्रयाक्टर उत्पादक स्वराज कम्पनीले ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ ।   कम्पनीले गण्डकी प्रदेशको पोखरामा शुक्रवार सो ट्रयाक्टर लन्च गरेको हो ।  स्वराज ट्रयाक्टरको आधिकारिक वितरक ओम्नी अटो मोबाइलले आयोजना गरेको समारोहमा स्वराजका नेपाल प्रमुख मनोज दल्भी, ओम्नी अटोमोबाइलका प्रबन्ध निर्देशक सन्दीप मोहता र ट्रयाक्टर एशोसिएशन पोखराका अध्यक्ष प्रेमबहादुर थापाले ट्याक्टरको औपचारिक रुपमा विक्री कक्षको उद्घाटन गरेका हुन् ।  यसअघि नेपालमा विभिन्न मोडेलका ट्रयाक्टर विक्री गर्दै आएको कम्पनीले फोर ह्विल ट्रयाक्टर पहिलो पटक भित्र्याएको ओम्नी अटो मोबाइलका प्रबन्ध निर्देशक मोहताले जानकारी दिए । नेपालको पहाडी भूभागमा यो मोडेलको ट्रयाक्टर उपयोगी हुने मोहताले बताए ।   कम्पनीले चाडपर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक योजनाहरू ल्याएको  छ । ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३२ इन्चको रंगिन टेलिभिजन, फ्रिजलगायतका उपहार योजना पनि राखिएको कम्पनीले बताएको छ ।  कम्पनीका सबै प्रकारका मोडेलमा ६ वर्षसम्मको वारेन्टी र पाटपूर्जाको उपलब्धता रहने पनि कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा सेल्स मेनेजर हरजित सिंहले कम्पनीको नेटवर्क र प्रदान गर्ने सेवाका बारेमा जानकारी गराएका थिए ।  स्वराजका विक्री प्रबन्धक अभयकान्त मिश्रले ६५ हर्सपावर रेञ्जमा यो मोडेलको विशेषता, उपयोगिता र प्रयोगका फाईदाका बारेमा जानकारी दिए । अन्य ट्रयाक्टरको तुलनामा यो ट्रयाक्टरको तान्ने क्षमता १५ प्रतिशत बढी भएको पनि मिश्रले बताए ।  इन्धन कम खपत गर्ने यो ट्रयाक्टर जोताई र लोडर तथा डोजर बनाएर व्यावसायिक प्रयोजनका लागि पनि उपयोगी हुने उनको भनाइ छ । १०० जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको कार्यक्रमकै अवसरमा ५ जनाले ट्रयाक्टर खरीद गरेका छन् । उनीहरूलाई सोही समारोहमा ट्रयाक्टरको साँचो हस्तान्तरण गरिएको थियो ।

एक्स्काभेटरले बालुवा निकाल्दा खोसियो कालीगण्डकी किनारवासीको रोजीरोटी

पर्वत : ‘डोजर नआउने बेलासम्म त हामीले गण्डकीमा पसेर बेल्चाले निकालेको बालुवा सजिलै बिक्री हुन्थ्यो’ कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगाको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्तीका ५५ वर्षीय यामबहादुर माझीले भने, ‘बालुवा किन्ने मान्छे यहीँ आउँथे मूल्य गरेपछि ट्रयाक्टर आएर लैजाने गरेको थियो। डोजरले निकाल्न थालेपछि हाम्रो खासै बिक्दैन।’ आफूहरुले निकालेका बालुवा बिक्न छाडेपछि बिहान बेलुका छाक टार्ने पनि मुस्किल भएको माझीले बताए। ‘पहिले जस्तो बालुवा किन्ने मा