काठमाडौं : बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन्।शनिबारको गोरखापत्रमा समाचार छ, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विप्रेषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको देखाएको हो। प्रतिवेदन अनुसार वैशाखमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ जुन् २०७९ वैशाखमा ७.८७ प्रतिशत थियो। एक वर्षको अन्तरमा मुद्रास्फीति केही घटे