वित्तीय मध्यस्थताको डिजिटल भविष्य

कोरोना कहरका कारण अर्थतन्त्रमा नकारात्मक असर परेपछि स्वाभाविक रूपमा बैंकिङ क्षेत्रमा पनि प्रभाव प-यो । समुदायमा कोरोना फैलनबाट जोगाउन सरकारले २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरेपछि करिब ४ महिना अर्थात् १ सय २० दिन बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सञ्चालन गर्न सकस नै भयो । तर पनि वित्तीय मध्यस्थता गर्ने काममा उनीहरूले सहजीकरण गर्ने काम […]

सम्बन्धित सामग्री

पेटीएम बैंकमाथि कारबाही : सुशासनको अभाव र अनुपालनाको अवज्ञाले निम्तिएको संकट

द्रव्य–शोधन (मनी लन्डरिङ) सम्बन्धी प्रावधानहरूको परिपालनामा कमजोरी तथा अन्य विविध कारणले भारतको ‘पेटीएम पेमेन्ट बैंक लिमिटेड’ (पीपीबीएल) माथि भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले कडा कारबाहीको अस्त्र चलाएपछि एकैपटक धेरै क्षेत्रमा तरंग पैदा गरेको छ र आम रूपमा पेटीएम बैंकको भविष्यका बारेमा सर्वत्र चासो व्यक्त हुन थालेको छ ।  साथै बैंकिङ जगत्मा वित्तीय अपराध नियन्त्रणका सम्बन्धमा विकास गरिएका संयन्त्रहरूको परिपालनाको महत्त्वलाई पनि यो घटनाले अझ टड्कारो रूपमा उजागर गरेको छ ।  कस्तो बैंक हो पीपीबीएल ? यो एक प्रकारको डिजिटल बैंक हो । यसमा २ लाख रुपैयाँसम्म जम्मा गर्न सकिन्छ र आफ्नो खातामा जम्मा रहेको रकम बैंकले जारी गर्ने डेबिट कार्ड वा एटीएम कार्डमार्फत निकाल्न सकिन्छ । साथै यसको वालेटमार्फत डिजिटल भुक्तानी गर्न पनि यो रकम उपयोग गर्न सकिन्छ । यो बैंकमा रकम जम्मा मात्र गर्न मिल्ने भएकाले यहाँबाट कर्जा लिन भने सकिँदैन । विभिन्न प्रकारका भुक्तानी गर्न बैंकले पेटीएम वालेट, सडक दस्तुर विमानस्थल तथा अन्यत्र गरिने गाडी पार्किङबापतको रकम तिर्न मिल्ने ‘फास्ट्याग’ कार्डजस्ता नवीनतम प्रविधिहरू भित्त्याएर भारतीय बजारमा विद्युतीय बैंकिङको विकासमा अग्रगामी भूमिका निर्वाह गरेको देखिन्छ । बैंकले ८० लाख जति यस्ता फास्ट्याग कार्ड जारी गरिसकेको दाबी गरेको छ । फास्टट्याग इकोसिस्टममा कारोबारको आधारमा यो बैंकलाई तेस्रो ठूलो बैंक मानिन्छ । यसका अलावा आन्तरिक विप्रेषणमा पनि यो बैंकको महत्त्वपूर्ण उपस्थिति रहेको छ । आफूलाई सबैभन्दा स्वच्छ भएको दावी गर्ने यो बैंकले भारतमा डिजिटल क्रान्ति ल्याउने बैंकका रूपमा समेत आफूलाई परिचय दिँदै आएको छ । बैंकमा ३५ करोडभन्दा बढी वालेट खोलिएका र ३ करोडको हाराहारीमा बैंक खाता खोलिएका कारण यसले भारतमा वित्तीय समावेशितालाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान दिएको बैंकको दाबी छ । तर, ३५ करोडको हाराहारीमा रहेको पेटीएम वालेटमध्ये करीब ३१ करोडजति निष्क्रिय अवस्थामा रहेको बताइन्छ ।  खाता खोल्न कुनै कागजी प्रक्रिया अपनाउनु नपर्ने मात्र होइन, खातामा न्यूनतम मौज्दातको प्रावधान पनि नराखेर चौबीसै घण्टा सेवा उपलब्ध गराउने विशेषताका कारण समेत यो बैंक आमरूपमा लोकप्रिय रहँदै आएको थियो ।  सन् २०१७ मा स्थापना भएपछि दिन प्रतिदिन लोकप्रिय हुँदै गएर बैंक सञ्चालनमा आएको २ वर्षमै ५ करोड खाताहरू सञ्चालनमा आएका थिए । एक प्रकारले भन्ने हो भने भारतमा नोटबन्दीको अवस्थालाई अवसरका रूपमा लिएर यो बैंकले डिजिटल बैंकिङमा छोटो समयमा नै समग्र भारतलाई नै पछि पछि लगाउने सामथ्र्य विकास गरेको देखिन्छ । यति ठूलो, यति लोकप्रिय र आम रूपमा भिजेको बैंक पनि अनुपालनामा कमजोर देखिएपछि अहिले आएर आफ्नो जीवनकै सबैभन्दा कठिन अवस्थाको सामना गर्न बाध्य भएको छ । बैंकमा विजय शेखर शर्मा नामका व्यक्तिको ५१ प्रतिशत र वान ९७ कम्युनिकेशन्सको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । वान ९७ कम्युनिकेशन्समा पनि विजय शेखर शर्माकै अत्यधिक शेयर रहेका कारण यो बैंक पनि प्रत्यक्ष रूपमा उनकै नियन्त्रण र स्वामित्वमा रहेको स्पष्ट हुन्छ । बैंकले भोगेका नियामकीय झट्काहरूको शृंखला  त्यसो त सञ्चालनमा अएको १ वर्षभित्रै यो बैंकले नियामकीय सजायको पहिलो झट्का पाइसकेको थियो । खास गरी ग्राहक पहिचान प्रक्रियामा कमजोरी देखिएको, दैनिक मौज्दात रकमसम्बन्धी व्यवस्थाको परिपालना नगरेको जस्ता कारण केन्द्रीय बैंकले २०१८ मै यो बैंकलाई ६ महीनाका लागि नयाँ खाता खोल्न रोक लगाएको थियो । बैंकले सम्पूर्ण नियामकीय निर्देशनहरूको पूर्ण परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उक्त प्रतिबन्धबाट बैंकलाई मुक्त गरिएको थियो ।  पछि फेरि २०२१ मा बैंकले सर्टिफिकेट अफ अथोराइजेशन लिने क्रममा गलत प्रतिवेदन र सूचना पेश गरेको पाए पछि केन्द्रीय बैंकले दोस्रो झट्का स्वरूप बैंकलाई १ करोड भारतीय रुपैयाँको जरीवाना लगाएको थियो । सोही वर्षको अन्त्यमा फेरि केन्द्रीय बैंकले गरेको निरीक्षणको क्रममा प्राविधिक, साइबर सुरक्षा एवं ग्राहक पहिचान पद्धतिमा गम्भीर कमजोरी पत्ता लाग्नुका साथै बैंकको प्रवद्र्धक कम्पनी वन ९७ कम्युनिकेशन्स र बैंकले एकै कार्यस्थलको प्रयोग गरेको मात्र होइन, सर्भरसमेत एउटै सञ्चालन गरेको पाइएपछि केन्द्रीय बैंकले मार्च २०२२ मा बैंकलाई नयाँ ग्राहक बनाउन रोक मात्र लगाएन अपितु सिस्टमको बृहत् परीक्षण गर्न कुनै तेस्रो स्वतन्त्र आईटी लेखा परीक्षक नियुक्त गर्न निर्देशनसमेत दियो । बैंकले नियामकबाट पाएको यो तेस्रो झट्का थियो । भारतको सर्वाधिक लोकप्रिय पेटीएम र उसकै बैंकले अहिले भोगेको संकटबाट यदि पाठ नसिक्ने हो र संस्थागत सुशासन, नियामकीय अनुपालन र सामाजिक उत्तरदायित्वप्रति ध्यान नदिने हो भने कुनै पनि वित्तीय संस्था तथा फिन्टेक कम्पनीहरूले आजको विरासतको आधारमा मात्र भविष्य सुरक्षित बनाउन नसक्ने स्पष्ट देखिन्छ ।  सोही वर्षको अन्त्यतिर लेखा परीक्षकले दिएको प्रतिवेदनअनुरूप बैंकले सुधारका लागि कुनै गम्भीर प्रकारको अग्रसरता नलिएको पाएपछि फेरि चौथो झट्का स्वरूप बैंकलाई केन्द्रीय बैंकले २०२३ को अन्त्यतिर ३९ करोड रुपैयाँको हर्जाना तिरायो । यसपटक हिताधिकारी पहिचान गर्न नसकेको, कारोबारको निगरानी नगरेको, नियामकले तोकेको सीमाभन्दा बढी कारोबार गर्न दिएको, ढिलो प्रतिवेदन पेश गरेको जस्ता कारणले उसले हर्जाना तिर्नु परेको केन्द्रीय बैंकले उल्लेख गरेको थियो । अहिलेको संकटको स्वरूप के हो ?  भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले आगामी फागुन १७ गते (फेब्रुअरी २९) पछि उक्त बैंकले सञ्चालन गरेको वालेट पेटीएमदेखि लिएर बचत तथा चल्ती खातामा समेत रकम जम्मा गर्न तथा लोड गर्न रोक लगाएको छ । ती खाताहरूमा रहेका रकम भने मौज्दात बाँकी रहुन्जेल खर्च गर्न पाउने पनि केन्द्रीय बैंकले बताएको छ । कतिपय मिडियाले भारतीय केन्द्रीय बैंकको यो कारबाहीलाई लिएर पीपीबीएललाई मृत्युदण्डको सजाय दिइएको समेत भनेका छन् । कारक तङ्खव  भारतीय केन्द्रीय बैंकले गरेको कारबाहीका लागि अन्तर्निहित कारणहरू उसले स्पष्ट रूपमा खुलाएको त छैन, तर पनि मिडियाहरूका अनुसार पीपीबीएल बैंकलाई यस्तो कारबाही गर्न सुशासन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यक्रमको कार्यान्वयनमा रहेको उसको कमजोरीलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ । साथै बैंकले नियामकीय निर्देशनहरूको गम्भीर उल्लङ्घन गरेको बताइन्छ । यसबाट उसका ग्राहक स्वयं पनि आफ्नो व्यक्तिगत विवरणदेखि लिएर रकमसम्मको गोपनीयताको सन्दर्भमा जोखिममा रहेका देखिन्छन् । यसअतिरिक्त यो बैंकले प्रवद्र्धकहरूका सम्बन्धमा दर्शाउनुपर्ने पारदर्शिता कायम गर्न नसकेको मात्र होइन, धेरैपटक नियामक निकायलाई समेत गलत प्रतिवेदनहरू प्रस्तुत गरेको जस्ता आरोप खेप्नुपरेको छ । त्यसै गरी लाखौं ग्राहकको पहिचानमा कमजोरी रहेको, गलत प्यान नम्बर प्रयोग भएको र एकै प्यान नम्बरमा लाखौं खाता खोलिएको जस्ता गम्भीर आरोपहरू बैंकले सामना गर्नु परेको छ । र यस्ता खाताहरूबाट स्वीकृत सीमाभन्दा बढीको करोडौंको कारोबार गर्ने स्वीकृति दिएर बैंकले द्रव्य–शोधनमा समेत सघाउ पुर्‍याएको नियामकको आशंका छ । यसका अलावा बैंकको यही कमजोरीको फाइदा उठाउँदै कतिपय व्यक्तिहरूले वालेटको माध्यमबाट डिजिटल ठगी गरेको कारण कैयौं यस्ता खातालाई विभिन्न कानून कार्यान्वयन गर्ने निकायहरूले रोक्का गरेको समेत नियामकीय निरीक्षणका क्रममा उजागर भएको थियो ।  साथै आफ्नो प्यारेन्ट कम्पनीसँगको आर्थिक तथा गैरआर्थिक कारोबारसमेत एकै ठाउँमा मिसाएर गर्नुका साथै उसैको प्राविधिक पूर्वाधारमा निर्भर भएर ग्राहक–सम्बद्ध विवरणको गोपनीयता कायम नगरी इजाजतअनुरूप कार्य नगरेको कारणले समेत अहिले यस्तो मृत्युदण्डको सजाय भोग्नुपरेको बताइन्छ । बैंकका ग्राहकले प्यारेन्ट कम्पनीकै एप प्रयोग गरी कारोबार गर्ने गरेको गम्भीर तथ्यसमेत पत्ता लागेको थियो । त्यसै गरी प्यारेन्ट कम्पनीसँगको कारोबार र उसलाई तिर्नुपर्ने रकम सम्बन्धमा नियामकलाई पेश गरेको प्रतिवेदनमा गलत तथ्यांक समावेश भएको पनि बताइन्छ । अहिले यो बैंकमा करीब ४० अर्बको हाराहारीमा सर्वसाधारणको बचत रहेको र आगामी २९ तारीखपछि नयाँ बचत गर्न नपाइने र निकाल्न मात्र पाइने भएपछि स्वाभाविक रूपमा ग्राहकबाट बचत निकाल्ने चापका कारण बैंकले पर्याप्त तरलताको व्यवस्था गर्नुपर्ने चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने देखिन्छ ।  पेटीएम बैंकको संकटबाट पाठ  यो घटनाले एकातिर सम्बद्ध बैंकलाई त पाठ पढाएकै छ, साथसाथै आम सर्वसाधारणले समेत अनुपालनामा कमजोर देखिएका बैंकहरूसँग कारोबार गर्दा कस्ता प्रकारका झन्झट र तनाव बेहोर्नुपर्ने रहेछ भन्ने शिक्षा पनि प्रदान गरेको छ । यसबाट बैंकहरूको अनुपालनाको अवस्था र उसले अवलम्बन गर्ने सुशासन–प्रवृत्ति सम्बद्ध बैंकको मात्र चासोको विषय नभएर त्यसमा आम चासो र निगरानी हुनुपर्ने आवश्यकतालाई पनि उजिल्याएको छ । साथै यो घटनाले नियामकले दिएका निर्देशनहरूको अवज्ञा गर्दा भोग्नुपर्ने परिणामको गाम्भीर्य महसूस गर्दै यस्तै भुक्तानी सञ्चालन गर्ने अन्य संस्था, वालेट तथा बैंक तथा वित्तीय संस्थाहरू समेतलाई सजग गराउन सशक्त भूमिका निर्वाह गरेको छ । एकपटकको भारतको सर्वाधिक लोकप्रिय पेटीएम र उसकै बैंकले अहिले भोगेको संकटबाट यदि पाठ नसिक्ने हो र संस्थागत सुशासन, नियामकीय अनुपालन र सामाजिक उत्तरदायित्वप्रति ध्यान नदिने हो भने कुनै पनि वित्तीय संस्था तथा फिन्टेक कम्पनीहरूले आजको बिरासतको आधारमा मात्र भविष्य सुरक्षित बनाउन नसक्ने स्पष्ट देखिन्छ ।  लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।

महिला उद्यमीले सूचना प्रविधि तथा डिजिटल प्लेटफर्मको लाभ लिन सक्नुपर्छ

सीमा गोल्छा गोल्छा अर्गनाइजेशनका निर्देशक हुन् । उनी संगठनको सामसङ मोडर्न रिटेल डिभिजनको नेतृत्व गर्छिन् । यसअन्तर्गत नेपालभर १४ ओटा आउटलेट छन् । यसका अलावा ४०० भन्दा बढी विक्री तथा विक्रीपछि सेवा केन्द्रका सञ्जाल हेर्दै आएकी उनी ‘स्विच अन’ नामक बहु–ब्रान्ड इलेक्ट्रोनिक्स र होम अप्लायन्सेस रिटेल कम्पनीका निर्देशकको रूपमा पनि रहेकी छन् । उनी महिला सशक्तीकरणका क्षेत्रमा काम गर्ने विभिन्न संगठनमा समेत संलग्न छिन् । प्रस्तुत छ, उनको व्यावसायिक पृष्ठभूमि, सामाजिक कार्य तथा महिला सशक्तीकरणमा सक्रियता, व्यावसायिक क्षेत्रमा चुनौती, अवसर लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : तपाईंको पृष्ठभूमिबारे केही बताइदिनोस् न ?  म भारतमा हुर्के बढेकी हुँ । म व्यापारिक पृष्ठभूमिबाट आएकी होइन । म यस्तो परिवारबाट आएकी हुँ, जसले शिक्षालाई धेरै महत्त्व दिन्छ । मेरा बुबा–आमा दुवै ‘पोस्ट ग्य्राजुएट’ हुनुहुन्थ्यो । आमा सधैं करिअर बनाउन जोड दिनुहुन्थ्यो, जसको प्रभाव ममा बाल्यकालदेखि नै पर्‍यो । सोहीअनुसार मैले आफूलाई तयार पारेँ । दिल्ली विश्वविद्यालयमा अध्ययन गरेँ । पछि भारतमै करिअर शुरू गरेँ । म विवाह गर्नुअघि काम गर्थें । मैले मेरो श्रीमान् शेखरलाई सोही विश्वविद्यालयमा भेटेँ । साढे ६ वर्षको चिनजान तथा प्रेमपछि हाम्रो विवाह भयो । त्यो बेला मारवाडी समुदायका धेरै थोरै महिलाले मात्र परम्परागत भूमिकाभन्दा फरक खालका काम गर्थे । व्यापार वा करिअरमा तपाईंका ‘टर्निङ पोइन्ट्स’ के के छन् ?  म एक भिन्न माहोल र परिवेशमा हुर्किएँ, जहाँ मलाई धेरै स्वतन्त्रता प्रदान गरिएको थियो । म आफ्नो बारेमा निर्णय गर्न स्वतन्त्र थिएँ । जब मैले विवाह गरेँ, धेरै कुरा परिवर्तन भयो । काठमाडौं दिल्लीभन्दा धेरै फरक थियो । सामाजिक अवस्था पनि भिन्न थियो । यहाँको परिवेशमा समायोजित हुन मलाई कठिन भएको थियो । तर समयसँगै म समस्या र चुनौतीलाई चिर्न सफल भएँ । यसका लागि मेरा ससुराले सधैं मलाई सहयोग गर्नुभयो । उहाँले धेरै ठाउँको भ्रमण गर्नुभएको थियो । उहाँलाई अन्यत्रका महिला कसरी अघि बढिरहेका छन् भन्ने थाहा थियो । उहाँको साथले मैले आफ्नो काम शुरू गरेँ । तपाईंले महिला सशक्तीकरणको क्षेत्रमा काम गरिरहनुभएको छ । काठमाडौंको जोन्टा क्लबको आईपीपी पनि हुनुहुन्छ । महिला र महिला उद्यमशीलताको अवस्था कस्तो पाउनुभएको छ ? जोन्टा मसँग धेरै नजिक छ । जब महिला सशक्तीकरणको कुरा उठ्छ, म धेरै भावनात्मक हुन्छु । जोन्टा क्लबमा हामी शिक्षासहितको महिला सशक्तीकरणमा जोड दिन्छौं । हामीले बालिकाको शिक्षा र महिलाको आर्थिक सशक्तीकरणलाई बढी प्राथमिकता दिएका छौं । तपाईं आर्थिक रूपमा सशक्त हुनुहुन्छ भने तपाईंको बुझाइ पनि बढी हुन्छ । राम्रो निर्णय गर्न सक्नुहुन्छ । तपाईंको कुरा अरूले सुन्छन् । जोन्टामा हामी महिलालाई आर्थिक रूपले सशक्त बनाउने प्रशिक्षण दिन्छौं । महिलाले आय आर्जन गरेमा उनीहरू आफ्ना बालबालिकाको शिक्षा वा उनीहरूको भविष्यका लागि खर्च गर्दछन् । यो मामिलामा उनीहरूको पैसाको ठूलो उपयोग हुन्छ । जतिबेला म जोन्टाको सभापति थिएँ, हामीले चन्द्रागिरि नगरपालिकाका स्थानीय महिलालाई सामुदायिक खेतीसम्बन्धी प्रशिक्षण दियौं । कमाएको पैसाबाट उनीहरूले आफ्नै ‘ग्रीन हाउस’ बनाए । टमाटरखेती शुरू गरे । त्यसबाट उनीहरूको आयस्रोत थप बलियो भयो । हामीले मधेश प्रदेशमा ‘बामगती शिक्षा कार्यक्रम’ शुरू गर्‍यौं । आफ्नो नाम समेत लेख्न पढ्न नसक्ने महिला हामीले भेटका थियौं । सो कार्यक्रमबाट महिलाहरू लेख्न पढ्न सक्ने भए । त्यसबाट उनीहरूमा आत्मविश्वास बढ्यो । हामीले विद्यालयका छात्राका लागि आत्मरक्षा तालीम पनि प्रदान गरेका थियौं । जोन्टा क्लब काठमाडौंले सञ्चालन गर्ने विभिन्न कार्यक्रमको प्रभाव कस्तो छ ?  नेपालमा प्राय: समस्या के देखिन्छ भने महिला वा लक्षित वर्गको क्षमता अभिवृद्धिका लागि भन्दै अनेक संगठन आउँछन्, प्रशिक्षण गर्छन् अनि केही समयपछि हराउँछन् । तर हाम्रो प्रभाव र उपस्थिति अलि भिन्न छ । हामी प्रशिक्षण प्रदान गरेपछि समुदायले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिन्छौं । त्यसको सुनिश्चितता गर्दछौं । तालीम तथा कुनै पनि शीप तथा दक्षता विकास कार्यक्रममा लाभग्राही वर्गको सक्रिय सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले हामी आफूले सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छौं । उदाहरणका लागि, सामुदायिक कृषि क्षेत्रमा हामीले एक महिला समूह बनाएका छौं, जसले अब आफ्नो कामकाज स्वयं सञ्चालन गर्दछ । यस समूहले आफैले सभापति, कोषाध्यक्ष र सचिव चयन गरेको छ । समूहका सदस्य महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूलाई केही समयअघि कम्प्युटर दिएका छौं । डिजिटल प्रशिक्षण प्रारम्भ गरेका छौं । हाम्रो अर्को मुख्य प्रयास उनीहरू वित्तीय साक्षरता बढाउनु पनि हो । हामी प्रशिक्षण दिएर त्यतिकै छाड्दैनौं । उनीहरूलाई आफै यस्ता कार्यक्रम सञ्चालन गर्न सक्ने आत्मविश्वास र उत्साह पनि दिन्छौं । काठमाडौं जोन्टा क्लबका बारेमा थप जानकारी दिनुहोस् न । काठमाडौंको जोन्टा क्लब नेपालमा करीब १० वर्ष पहिले स्थापना गरिएको हो । क्लबमार्फत हामीले ३०० महिलालाई साक्षर गरेका छौं । यो संख्या यतिमा मात्र सीमित हुँदैन । किनकि ३०० महिलाले आफ्ना आमा र हजुरआमालाई पनि साक्षर गराउँछन् । क्लबको एउटा प्रमुख कार्यक्रम ‘बागमती साक्षरता’ पनि हो, जुन हामीले १२ ओटा विद्यालयमा सञ्चालन गरेका छौं । त्यसैगरी ३२ ओटा शौचालय बनाएका छौं ।  कोभिड–१९ महामारीका कठिन समयमा सबैले अनलाइन पढाइका बारेमा कुरा गरे । केही निजी विद्यालयले अनलाइन कक्षा चलाएका पनि थिए । तर सरकारी विद्यालय र त्यहाँका विद्यार्थीलाई यसबारे थाहा थिएन । तयो परिस्थितिमा हामीले दरबार हाईस्कुलका छात्रछात्राका लागि अनलाइन प्रशिक्षण सञ्चालन गरेका थियौं । हामीले टिच फर नेपालसँग सहकार्य गरेर चितवनका विद्यालयका छात्रालाई साइकल वितरण गरेका थियौं, जसले गर्दा उनीहरूलाई नियमित समयमा विद्यालय पुग्न र पढ्न सहज भयो । सामाजिक उत्तरदायित्व वा अन्य कार्यक्रम अन्तर्गत गोल्छा समूहले महिला उद्यमशीलतासँग सम्बन्धित कुनै काम गरिरहेको छ ?  हाम्रो ध्यान महिलामा मात्र केन्द्रित छैन । सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै कार्यक्रममा संलग्न भएका छौं । टिच फर नेपालसँग सहकार्य गर्ने हामी पहिलो संस्था हौं । साथै, हामीले काठमाडौं नजिक रहेका अनाथालयलाई पनि सहयोग गर्दै आएका छौं । सामसङ प्लाजाको १५औं वार्षिकोत्सवको अवसरमा हामीले एक वर्षका लागि ५० छात्रालाई शिक्षाका लागि प्रायोजन गरेका थियौं । हामी सधैं युवाशक्तिमा विश्वास गर्छौं । किनकि युवा हाम्रो भविष्य हुन् । यस वर्ष हामी ‘ग्लोकल टीन हिरो’को शीर्षक प्रायोजकका रूपमा छौं । हामी युवामा विश्वास र लगानी गरिरहेका छौं । पल्सर पुरस्कार, ग्लोकल टीन हिरो र टिच फर नेपाल जस्ता विभिन्न प्रयासमा हाम्रो संलग्नता यसैका उदाहरण हुन् ।  डिजिटल युगमा महिला उद्यमशीलताका लागि राम्रा सम्भावना छन् भनिन्छ । तपाईं कस्तो सम्भावना र चुनौती देख्नुहुन्छ ?  डिजिटल युग आएको छ । अबको समय यसले नेतृत्व गर्नेछ । यो ठूलो परिवर्तन र क्रान्ति हो । कोभिड १९ ले डिजिटाइजेशनको गतिलाई छिटो बनाइदियो । हामी डिजिटल क्रान्तिको एक हिस्सा भएका छौं र हुनैपर्दछ । अहिले नेपालमा ५२ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छ । यो आफैमा राम्रो अवसर हो । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढी मात्रामा मनोरञ्जनका लागि गरिन्छ । यसमा टिकटक र फेसबुकले ठूलो स्थान ओगेटका छन् । डिजिटल प्लेटफर्मलाई आफ्नो व्यापार व्यवसायको विस्तारमा प्रयोग गर्न सकिन्छ ।  नेपालमा स्मार्टफोन तथा इन्टरनेटको पहुँच बढ्दो छ । तर पनि नेपालीको वित्तीय साक्षरता भने कमजोर छ । यो समस्या कसरी समाधान गर्न सकिएला ? सूचना प्रविधि, सामाजिक सञ्जाल र इन्टरनेटबाट जे जति लाभ लिनुपर्ने हो, त्यो लिन सकिएको छैन । टिकटक जस्ता प्लेटफर्मका कारण मानिसहरू इन्टरनेटको विशाल सम्भावनाको लाभ लिनबाट चुकेका छन् । स्मार्टफोन मानिसको महत्त्वपूर्ण हिस्सा बनेको छ । यसमा अत्यधिक शक्ति छ । तपाईं उद्यम शुरू गर्न चाहनुहुन्छ, सोशल मिडिया माध्यममा व्यवसाय प्रवर्द्धन गर्न चाहनुहुन्छ वा भुक्तानी गर्न चाहनुहुन्छ भने यी सबै काम तपाईंको फोनबाट पूरा गर्न सकिन्छ । वित्तीय साक्षरताको सन्दर्भमा बैंकहरूले धेरै योगदान गर्न सक्छन् । धेरै बैंकले पहिलेदेखि नै यो काम गरिरहेका पनि छन् । हामीले महिलालाई वित्तीय साक्षरता प्रदान गर्दा धेरै बैंकहरूले साथ सहयोग पनि गरेका छन् ।  महिलाको डिजिटल साक्षरता बढाउन कस्ता चुनौती छन् ? महिलालाई डिजिटल साक्षरता दिन सेवाप्रदायकको प्रमुख भूमिका हुन्छ । साइबर अपराध र विशेषगरी अनलाइन भुक्तानीसँग सम्बन्धित चुनौती धेरै छन् । यसकारण डिजिटल कारोबारसँग सम्बन्धित घटना र खतराबारे महिलालाई शिक्षित गर्नु अपरिहार्य छ । भुक्तानीसँग सम्बन्धित विषयमा महिलालाई मार्गदर्शन गर्दै डिजिटल प्लेटफर्म दुरुपयोगको सम्भावनाबारे जागरुक बनाउनुपर्छ ।  सानो उद्यम व्यवसाय गरेका महिलालाई कसरी सहयोग गर्न सकिन्छ ? सानो व्यवसायका बारेमा कुरा गर्दा शुरूमा केही मार्गदर्शन र सहयोग आवश्यक पर्दछ । यसपछि उनीहरूलाई धेरै समर्थनको आवश्यकता छ । विभिन्न समूह र संगठन यस्ता व्यवसायलाई सहयोग गर्न खुलेका छन् । मुख्य कुरा, आत्मविश्वास हो । जब कुनै महिला घरबाट बाहिर आउँछिन्, उनले आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ । पुरुषले यस्तो सब कुरा गर्नुपर्दैन । एक महिला उद्यम प्रारम्भ गर्दा उनले आफ्नो परिवारलाई मनाउनुपर्दछ । त्यसैले, महिलालाइ धेरै सहयोगको खाँचो पर्छ । अहिले विभिन्न सरकारी निकाय छन् । संयुक्त राष्ट्र संघीय नियोगलगायत संस्थाहरू छन् । उनीहरूले महिला उद्यमशीलता र सशक्तीकरणको क्षेत्रमा सहयोग गर्न सक्छन् । कुनै पनि काम गर्न समय व्यवस्थापनको कुरा पनि आउँछ । समय व्यवस्थापन गरीब वा निम्न वर्गका महिला र व्यावसायिक क्षेत्रका महिलाका लागि फरक हुन्छ जस्तो लाग्दैन । आफ्नो उत्पादन देश र विदेशमा प्रवर्द्धन गर्न नेपाली उद्यमीलाई कसरी सहयोग गर्न सकिन्छ ? मेरो विचारमा, प्रचार र बजारीकरण निकै महत्त्वपूर्ण छ । हामीले बाहिर निर्यात गर्ने वस्तु उच्च गुणस्तरको हुनुपर्छ । उत्पादन कम गुणस्तरको वस्तु छ भने बजार प्रतिक्रिया तत्कालै पाइन्छ । यो दीर्घकालीन हुँदैन । यसविपरीत उत्पादन उच्च गुणस्तरको छ भने बजारीकरण समस्या हुँदैन । त्यसमा प्रचारप्रसारले झनै धेरै टेवा पुग्छ । मैले आजको युवा पुस्ताको क्षमता सोशल मिडिया प्लेटफर्ममा देखेको छु । उनीहरू आफ्नो विचार नडराई अभिव्यक्त गर्छन् । जुन कुरा आजको डिजिटल मिडियामा महत्त्वपूर्ण हुन्छ । प्रिन्ट मिडियाबाट डिजिटलमा स्थानान्तरण भइरहेको समयमा डिजिटल प्लेटफर्मको पर्याप्त अध्ययन गर्नु पनि आवश्यक छ । महिला उद्यमीले अहिले कस्ता अप्ठ्यारा सामना गर्नुपरिरहेको छ ?  मेरो व्यक्तिगत अनुभवमा भन्नुपर्दा महिला भएर मैले भोग्नुपरेको समस्या केही छैन । लैंगिक भेदभावको सामना गर्नुपरेको छैन । अन्य महिलाले लैंगिकतासम्बन्धी भेदभावको सामना गरेका पनि होलान् । तर म बजारलाई लैंगिक दृष्टिले हेर्दिनँ । म समानतामा विश्वास गर्छु । अहिले महिलालाई बैंकले विशेष सुविधा दिन्छन् । महिला उद्यमीले आफ्नो व्यापार दर्ता गर्दा छूट लगायतका सुविधा पाउँछन् । व्यापारिक व्यक्तिको रूपमा भने मैले धेरै चुनौतीको सामना गरेको छु । आजको हाम्रो अर्थतन्त्रको असहज अवस्था, तरलता अभाव, घट्दो माग जस्ता समस्या हाम्रा साझा समस्या हुन् । यसबाट महिला उद्यमी मात्र होइन, सबै उद्यमी व्यवसायी समस्यामा छन् । नेपालमा व्यापार व्यवसाय गर्न कस्ता चुनौती छन् ? नगद प्रवाहमा धेरै चाप बढेको छ । हाम्रा उत्पादन बजार सहज हुँदा मात्र बिक्छन् । अहिले हाम्रा सामान थन्केर बसेका छन् । हामी यस प्रकारका चुनौती हटाउन चाहन्छौं । हामी दुनियाँका दुई महाशक्ति राष्ट्रको बीचमा छौं । तर हाम्रो अर्थतन्त्र कमजोर अवस्थामा छ । हामीलाई सरकारबाट धेरै समर्थन चाहिएको छ । करका दर घटे भने हाम्रा उत्पादन सबैको पहुँचमा पुग्छन् ।  महिला उद्यमीलाई विशेष किसिमको व्यवहार आवश्यक छ ? यो प्रश्नको उत्तर दिन निकै कठिन छ । मेरो विचारमा हामीले उनीहरूलाई शिक्षा र अधिकारमा समानता दिनुपर्दछ । संसद्मा महिलाको ३३ प्रतिशत आरक्षणको व्यवस्थाले उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता स्पष्ट पार्छ । नत्र यस्तो किसिमको आरक्षण दिनुपर्ने नै थिएन । उनीहरूलाई अतिरिक्त सहयोग दिनुपर्छ । निर्णायक तहमा समान हैसियत प्राप्त भएपछि महिलालाई थप विशेष खालको आरक्षण आवश्यक पर्छ जस्तो लाग्दैन । त्यसपछि उनीहरूको क्षमता तथा नेतृत्व विकास, सशक्तीकरण लगायत पक्षमा जोड दिनुपर्छ । करीब २२ वर्ष पहिले म जब व्यापारमा प्रवेश गरेँ, त्यतिबेला व्यावसायिक क्षेत्रमा महिलाको सहभगिता खासै थिएन । बैंकिङ क्षेत्रमा केही महिलाको उपस्थिति थियो । पहिला व्यापार व्यवसाय गर्न निकै चुनौतीपूर्ण थियो । अहिले अवस्था फेरिएको छ । बिजनेश पढ्ने महिलाको संख्या बढ्दो छ । धेरै महिला व्यवसायमा लागेका छन् । तर अझै धेरै गर्नु छ । लामो यात्रा अझै हिँड्न बाँकी छ । अहिले महिला उद्यमीका संघसंगठन पनि छन् । तथापि, महिला उद्यमीको संख्या भने निकै कम देखिन्छ । यसमा के कारण देख्नुहुन्छ ? धेरै महिला उद्यमी साना तथा मझौला उद्योगका क्षेत्रमा कार्यरत छन् । जस्तै– आचार बनाउने, सिलाइ बुनाइ आदि । ठूला उद्यममा धेरै महिला पाइँदैन । तर यो प्रवृत्ति परिवर्तन भइरहेको छ । कल्पना गर्नुस् त, केही दशक पहिला कति महिलाले आफ्नो व्यवसाय गरेका थिए ? तर हामी परिवर्तनको चरणमा छौं । हाम्रो प्रगति विस्तारै अघि बढेको छ । महिलाले आफ्नै स्टार्टअप व्यवसाय शुरू गरेको देखेको छु । उनीहरूमा व्यवसाय गर्ने दृढता र जाँगर छ । महिला भएकै कारण व्यवसायमा आउन उनीहरू डराएको वा अघि बढ्न नसकेको भन्ने मलाई लाग्दैन ।  उद्यमी बन्न चाहने महिला वा महिला उद्यमीलाई परिवार र करिअरबीच सन्तुलन बनाउन कस्तो सल्लाह दिनुहुन्छ ? सबैलाई मेरो सल्लाह छ– जोखिम लिन नडराउनुस् । जब तपाईं यो संसारमा आउनुहुन्छ, तपाईंले चुनौतीको सामना गर्नैपर्दछ । यी समस्या र चुनौतीलाई सहर्ष स्वीकार गर्नुपर्छ । प्रभाकारी रूपमा समय व्यवस्थापन गर्नु पनि महत्त्वपूर्ण हुन्छ । जस्तो म बिहान ६:०० बजे उठ्दछु । मेरो बिहानी क्रियाकलाप गर्दछु, अनि कार्यालय जान्छु । परिवारका जिम्मेवारी सधैं पूरा गर्दछु । बच्चा सानो हुँदा धेरै गाह्रो हुन्थ्यो । अहिले उनीहरू हुर्किसकेकाले अलि सजिलो भएको छ । व्यवसाय विस्तारका लागि भविष्यमा गोल्छा समहूका योजना के छन् ? विस्तारविना संगठनको विकास हुन सक्दैन । म अहिले संगठनका योजनाको बारेमा खुलाउन असमर्थ छु । छिट्टै तपाईंहरूले आफै देख्न सक्नुहुनेछ । गोल्छा समूहले धेरै क्षेत्रमा लगानी विस्तार गर्दै छ । अहिले हामी बजारको गति र अवस्था हेरिरहेका छौं । बजारको गतिविधि विश्लेषण गर्दै छौं । मेरो छोराले अब व्यापारको मुख्य बागडोर सम्हाल्दै छ । मेरो बुहारी पनि सक्रिय रूपमा संलग्न छिन् । यसले आगामी योजना कार्यान्वयनका लागि ‘स्टेज सेट’ गरेको छ ।  अन्त्यमा केही भन्न चाहनुहुन्छ ? म नवयुवा र जुझारु महिलालाई अघि बढ्न, अग्रसर हुन र व्यापार शुरू गर्न आग्रह गर्दछु । तपाईं आफ्नो विचार राख्न पछि नपर्नुस् । धेरै पटक हामीमा राम्रा विचार आउँछन् । यस्तोमा अरूले के भन्छ भनेर नसोच्नुस्, कार्यान्वयनमा लाग्नुस् । जीवन भनेकै निरन्तरको सिकाइ हो । सिक्दै अघि बढ्दा समस्या र चुनौतीहरूको सामना गर्न सकिन्छ । यसबाट आत्मविश्वास बढ्छ । अनगिन्ती अवसर हामीलाई पर्खेर बसिरहेका हुन्छन् । प्राप्त अवसर सदुपयोग गर्दै महिलाहरू दृढताका साथ अघि बढ्नुपर्छ ।

वित्तीय सचेतना विस्तारमा विश्व वित्तीय सप्ताह

यस वर्ष (सन् २०२२) केही दिन अघिमात्र अर्थात् गत मार्च महीनाको २१ देखि २७ तारीखसम्म विश्वव्यापी रूपमा विश्व वित्तीय सप्ताह अर्थात् ग्लोबल मनी विक मनाइयो । त्यो दशौं विश्व वित्तीय सप्ताह थियो । पैसाको सही प्रयोग तथा व्यवस्थापनसम्बन्धी यो चेतनामूलक कार्यक्रम अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि नै मनाउँदै आइएको छ । यसैको माध्यमबाट विश्वका करोडौं बालबालिका तथा युवाले वित्तीय चेतना प्राप्त गरेका छन् । पैसासम्बन्धी अर्थात् बचत, ऋण, बीमा, विप्रेषण, उद्यमशीलता विकास, वित्तीय अधिकार आदि विषयहरूका साथै विद्युतीय (डिजिटल) बैंकिङ कारोबारका बारेमा सुसूचित गराई वित्तीय आत्मनिर्भरता र सुरक्षित वित्तीय भविष्य प्राप्तिमा सहयोग पुर्‍याउने मुख्य ध्येय विश्व वित्तीय सप्ताहको रहेको छ । यस अभियानले बालबालिका तथा युवालाई सकेसम्म धेरै बचत गर्न उत्प्रेरित गर्छ । उनीहरूमा पैसाका बारेमा विवेकपूर्ण निर्णय लिन र सही वित्तीय सेवाहरूको छनोट तथा तिनीहरूको सही प्रयोग गरी सम्पन्नताको बाटो लाग्न सघाउँछ । सन् २०१५ देखि कुनै एउटा विषयलाई थिम बनाई यो मनाउन थालिएको हो । गतवर्ष २०२१ को यसको मुख्य नारा ‘आफ्नो बारेमा आफै विचार गर, आफ्नो पैसाको आफै जतन गर’ रहेको थियो भने यस वर्ष २०२२ को नारा ‘तिम्रो भविष्य बनाऊ, पैसाका बारेमा विवेकशील बन’ भन्ने रहेको छ । नेपालले पनि सन् २०१३ देखि नै विभिन्न कार्यक्रमहरूको आयोजना गरी विश्व वित्तीय सप्ताह मनाउँदै आएको छ । नेपाल राष्ट्र बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, शिक्षा मन्त्रालय, युनिसेफ नेपाल, विभिन्न अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघसंस्था, विद्यालय तथा कलेज आदिको सहभागितामा विभिन्न वित्तीय चेतनामूलक र्‍याली, वक्तृत्वकला तथा प्रवचन, रेडियो टेलिभिजन अन्तरक्रिया/संवाद आदि कार्यक्रम सञ्चालन गरिँदै आएका छन् । यसै सन्दर्भमा वित्तीय चेतनामूलक पुस्तिकाहरूको प्रकाशन तथा वित्तीय सचेतना प्रवर्द्धनात्मक अन्य सामग्रीहरूको निर्माण र वितरण गरिँदै आएका पनि छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारणले अघिल्ला २ वर्ष विश्व वित्तीय सप्ताह प्रभावित बन्न पुग्यो । हालसम्म पनि यो महामारी पूर्णरूपमा अन्त्य भइसकेको अवस्था छैन, तथापि विश्व वित्तीय सप्ताहको यो दशौं वर्षलाई स्वास्थ्य सुरक्षाका मापदण्डको विचार र डिजिटल विधिको प्रयोग गरी मनाउन उपयुक्त हुने भनिएको थियो । त्यसअनुसार नेपाल राष्ट्र बैंकले यस अभियानको राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौं उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतिहरू समावेश गरी सहकारी संस्थाका सदस्य, शेयर लगानीकर्ता बीमित व्यक्ति र कलेजस्तरका विद्यार्थीहरूलाई समेटेर कार्यक्रमहरूको आयोजना गर्‍यो । सोही अवसरमा काठमाडौं उपत्यका बाहिर रहेका नेपाल राष्ट्र बैंकका कार्यालयहरूले र अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका थिए । त्यसरी नै उपत्यका बाहिरका कुनै एक जिल्लामा साना तथा लघु उद्यमी,वैदेशिक रोजगारीमा संलग्न युवा, शिक्षक/शिक्षिका र दैनिक ज्यालादारी समूहको व्यक्तिको सहभागितामा एउटा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने र सर्वसाधारणको लागि डिजिटल वित्तीय साक्षरतासम्बन्धी विषयमा चेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न एफएम रेडियो र राष्ट्रिय स्तरको टेलिभिजनबाट त्यससम्बन्धी चेतनामूलक अन्तरवार्ता प्रसारण गर्ने भन्ने कार्यक्रम तय भएबमोजिम ग्लोबल मनी विक २०२२ का कार्यक्रमहरू सञ्चालन गरिए । वित्तीय सेवाहरूलाई सहज र सरल बनाई बालबालिका तथा युवाहरूले बचत, ऋण, बीमा, विप्रेषण आदि वित्तीय सेवाहरूबाट फाइदा लिन सक्ने बनाउन विश्व वित्तीय सप्ताहले ठूलो योगदान पुर्‍याउन सक्छ । यसले अझ विशेष गरी बालबालिका तथा युवामा आफ्नो भविष्य सोचेर बचत गर्ने, आम्दानीका उपायहरूको खोजी गर्ने र आवश्यक काममा मात्र पैसा खर्च गर्नेजस्ता असल वित्तीय व्यवहारहरू अवलम्बन गर्न सहयोग गर्छ । सानै अवस्थाबाट बालबालिकामा वित्तीय सेवाहरू तथा तिनीहरूको सही प्रयोग/व्यवस्थापनको ज्ञान भयो भने उनीहरूको भविष्य सुरक्षित हुन्छ । त्यसैले पनि यस्ता सप्ताहलाई विभिन्न कार्यक्रमसहित सक्रियताका साथ मनाउनु र वित्तीय चेतना अभिवृद्धि गर्नु अति महŒवपूर्ण अभ्यास हो । अहिले नयाँ नयाँ प्रविधिको द्रुततर विकासले मानवीय जीवनका हरेक पक्षमा ठूलो परिवर्तन ल्याइदिएको छ । वित्तीय क्षेत्रमा पनि प्रविधिको प्रयोग बढ्दै जान थालेको छ । डिजिटल बैंकिङको विकास र विस्तार यही प्रविधिको उपज हो । वित्तीय कारोबारलाई डिजिटल माध्यमबाट गर्ने कार्य अहिले विश्वव्यापी लहरका रूपमा अगाडि बढिरहेको छ । सजिलो, भरपर्दो र प्रभावकारी यस माध्यमले वित्तीय क्षेत्रमा नयाँ आयाम नै थपिदिएको छ । अहिले विश्व नै नगदरहित कारोबार (क्यासलेस ट्रान्ज्याक्सन) तर्फ अगाडि बढिरहेको परिप्रेक्ष्यमा बालबालिका, युवा सहित सबैलाई डिजिटल वित्तीय कारोबार र यसका प्रक्रियाहरूको बारेमा जानकारी हुनु अपरिहार्य भएकाले पनि ग्लोबल मनी विकले यसमा ठूलो योगदान पुर्‍याएको छ । पैसा जीवनको अभिन्न वस्तु भएको र यसको सही प्रयोग, परिचालन सम्पन्नता प्राप्तिको एउटा बलियो आधार भएकाले बालबालिका र युवालाई पैसाको सही व्यवस्थापन गर्न सिकाउनु अनिवार्य छ । पैसाको विवेकपूर्ण निर्णय गर्न सक्ने प्रौढ पुस्ताको निर्माण गर्न पनि बालबालिका तथा युवालाई वित्तीय जिम्मेवारी र अधिकारसहित वित्तीय व्यवस्थापनका कुराहरू सिकाउनैपर्छ । सन् २०१८ मा प्रकाशित विश्व वित्तीय साक्षरताको स्थितिलाई आधार मान्दा नेपालको प्रौढ वित्तीय साक्षरता दर अत्यन्त कमजोर अर्थात् १८ प्रतिशत मात्र देखिन्छ । औपचारिक शिक्षामा वित्तीय साक्षरताका विषयहरू समावेश नभएको र परिवारमा पनि यस सम्बन्धमा छलफल हुने संस्कार खासै नबनिसकेको हाम्रो नेपाली परिप्रेक्ष्यमा ग्लोबल मनी विक जस्ता अभियानहरू वित्तीय चेतना विस्तारका लागि अत्यन्त फलदायी बनेका छन् । यस अर्थमा पनि विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को अभियानले नेपालको वित्तीय सचेतना विकासको कार्यमा टेवा पुर्‍याएको छ । लेखक वित्तीय साक्षरता अभियानमा संलग्न व्यक्ति हुन् ।

एभरेष्ट बैंकको ग्लोबल मनी वीक २०२२

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी विक २०२२ मनाएको छ । ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ भन्ने नाराका साथ बैंक ग्लोबल मनी वीक–२०२२ मनाएको हो । यो सप्ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, बैंकिङ शिविर, स्थानीयवासीलाई डिजिटल बैंकिङ सचेतनासहित विभिन्न कार्यक्रम गरेको जनाएको छ । बैंकले...

एभरेष्ट बैंकले मनायो ग्लोबल मनीवीक

काठमाडौं (अस) । आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाका बारेमा स्मार्ट बन्नुहोस् नारासहित एभरेष्ट बैंकले ’ग्लोबल मनीवीक २०२२ मनाएको छ । विशेष सप्ताह अवसरमा सबै प्रदेशका विद्यालय र कलेजमा वित्तीय साक्षरता, अन्तक्रियात्मक बैंकिङ शिविर, स्थानीयलाई डिजिटल बैंकिङ सचेतना कार्यक्रमलगायत विभिन्न वित्तीय सचेतना अभियान सञ्चालन गरिएको बैंकले बताएको छ ।

एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनी वीक–२०२२’

‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२२’ मनाएको छ ।यो विशेष सप्‍ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, समाजका अप्रयुक्त वर्गका लागि अन्तरक्रियात्मक बैंकिङ शिविर, स्थानीयवासीलाई डिजिटल बैंकिङ सचेतना कार्यक्रमलगायत विभिन्न वित्तीय सचेतना अभियान सञ्चालन गरेको छ । हाल बैंकले आफ्ना ११२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४५ एटिएमबाट आफ्नो सेवाहरू

एभरेष्ट बैंकले मनायो ’ग्लोबल मनी वीक–२०२२’

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विभिन्न सचेतना मुलुक कार्यक्रमको आयोजना गरी ’ग्लोबल मनी वीक–२०२२’ मनाएको छ । ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ भन्ने मुल नाराका साथ बैंकले ‘ग्लोबल मनी वीक–२०२२’ मनाएको हो । यो सप्ताहको अवसरमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, बैंकिङ शिविर, डिजिटल बैंकिङ सचेतना, वित्तीय सचेतना लगायतका […]

क्रिप्टोकरेन्सी, बिटक्वाइन र नेपाल

नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सी, बिटक्वाइन लगायत भर्चुअल मुद्राको बारेमा चर्चा बढ्दै गइरहेको छ । डिजिटल मुद्राहरू कारोबारको भविष्य हुँदा मान्छे विज्ञानको युगमा कागज र धातुको सिक्कामा निर्भर रहन सक्ने छैन ।  अहिलेको डिजिटल संसारलाई डिजिटल पैसा नै आवश्यकता पर्नेमा कुनै दुबिधा छैन् । डिजिटल मुद्रा र वस्तुहरू वित्तीय संसारको भविष्य हुन यसको अध्ययन र अनुसन्धान अझै...

स्मार्ट च्वाइस टेक्नोलोजी र मिडिया इन्टरनेशनल बीच सम्झौता

असार २८, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) र मिडिया इन्टरनेशनल बीच ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ सञ्चालनबारे सम्झौता भएको छ । सोमवार भएको सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र मिडिया इन्टरनेशनलका तर्फबाट अध्यक्ष माधव निर्दोषले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार मिडिया इन्टरनेशनलद्वारा देशका ७७ ओटा जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रममा क्यूआर पार्टनरका रुपमा स्मार्ट क्यूआर रहने छ ।  सो कार्यक्रममा एससीटीका का.मु. प्रमुख कार्यकारी अधिकृतले यस अभियानबाट ग्रामिण क्षेत्रमा विद्युतीय भुक्तानी सम्बन्धी जनचेतना बढाउनेमा ठूलो सहयोग पुग्ने बताए । उनले देशका सबै क्षेत्रका बसोबास गर्ने जनमानसमा क्यूआर कोडको उपयोगिता र प्रयोग सम्बन्धी जानकारीको विस्तार भई कारोबार गर्ने प्रेरित गर्न कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।  त्यसैगरी मिडिया इन्टरनेशनलका अध्यक्षले अबको वित्तिय कारोबारको भविष्य स्मार्ट क्यूआर भएका कारण स्मार्ट क्यूआरसँगको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्धत पुग्ने बताए ।   स्मार्ट क्यूआर एससीटीद्वारा सञ्चालनमा ल्याइएको विद्युतीय भुक्तानी प्रविधि हो । जसमा बैंक तथा वित्तिय संस्थाका मोबाइल बैंकिङ लगायत विभिन्न मोबाइल वालेटबाट समेत कारोबार गर्न सकिन्छ ।   सम्झौता अनुसार फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रममा स्मार्ट क्यूआर लगाायत विद्युतिय भुतmानी कारोवार सम्बन्धमा जानकारी गराइने छ । ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ कार्यक्रम नेपाल राष्ट्र बैंकको प्रवर्द्धन र मिडिया इन्टरनेसनलद्वारा सञ्चालित वित्तीय साक्षरताको डिजिटल कार्यक्रम हो ।