पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गरे ।“वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस