कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन संक्रमितभन्दा निको हुने दर उच्च हुँदै गएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ संक्रमित निको भएका छन् ।
सोमवार १७ हजार ९०७ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पीसीआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।