बैतडी – विकास बजेटमा सबैभन्दा बढी खर्च हुने सडक नै ग्रामीण सडक रहेको छ । बैतडीका पालिकामा जनप्रतिनिधि आइसकेपछि ग्रामीण सडक खन्ने होडबाजी नै चलेको छ । सबै पालिकाले पहिलो प्राथमिकता सडकलाई नै राखेका छन् । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० पालिका रहेका छन् ।
जनप्रतिनिधि आएको चार वर्षको अवधिमा यहाँ पालिकामा एक हजार सात सय २९ किलोमिटर सडक खनिएको छ । स्थानीयवासीको माग र आवश्यकतानुसार नै सडक खनिएका पालिकाहरूले जनाएका छन् । ग्रामीण सडक बढी निर्माण गर्नेमा पञ्चेश्वर गाउँपालिका रहेको छ भने क...