काठमाडौँ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन्।सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए। उनले उक्त विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपछि निर्णय लिइने बताएका हुन्।उनले भने, ‘कुनै पनि चिज कमिटीमा छलफल हुन्छ। कमिटीले