क्वारेन्टाइन भरिभराउः व्यवस्थापनमा चुनौती

पहिलो चरणमा भारत तथा तेस्रो मुलुकबाट आएका मानिसलाई क्वारेन्टाइनमा राखेर घर पठाइसकेका कैलालीका स्थानीय तहलाई देशभित्रैबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्न चुनौती देखिएको छ । जिल्ला छाडेर कामको सिलसिलामा देशका विभिन्न जिल्ला पुगेका नागरिक पैदल हिँडेरै गन्तव्यसम्म पुग्न थालेपछि स्थानीय जनप्रतिनिधिलाई तिनको व्यवस्थापन गर्न चुनौती देखिएको हो ।

सम्बन्धित सामग्री

भारतबाट आएका नेपालीलाई लक्षित गरी थप क्वारेन्टाइन निर्माण

भारतमा विभिन्न पेसामा रहेका नेपाली फर्किन थालेपछि कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै व्यवस्थापनमा चुनौती थपिएको छ । भारत सरकारले लकडाउनबिच रेल सञ्चालनमा ल्याएपछि नेपालीहरू नेपाल फर्किन थालेका छन् । भारतको सङ्क्रमित स्थानहरूबाटसमेत विद्यार्थी, मजदुर, व्यवसायीलगायतका मानिसहरू फर्किन थालेपछि सङ्क्रमणको उच्च जोखिम बढेको हो । पछिल्लो एकसाता यतादेखि रेलमार्गबाट आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले मूल बाटोबाट सीमा पार गराउने गरेको हुँदा उनीहरूको व्यवस्थापनमा चुनौती पनि थपिएको छ ।