रूपन्देहीका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेको दाबी गर्दै उनीहरूलाई सम्मान गरिएको छ ।
तिलोत्तमा योगिकुटीस्थित तिलोत्तमा माविका व्यवस्थापन संकायका छात्र विक्रम तिवारी र छात्रा क्रिसला लामाले ३.९२ जीपीए ल्याएका छन् ।
उक्त अंक नेपालकै सबै विद्यालयका विद्यार्थीको भन्दा धेरै रहेको विद्यालयका प्राचार्य डा. रामचन्द्र आचार्यले दाबी गरे । राष्ट्रिय परीक्षा बोर्डले यही मंसिर १७ गते परीक्षाफल सार्वजनिक गरेको थियो ।
कोरोना महामारीको कारण दुई पटक स्थगित भएको परीक्षा भदौ ३० देखि असोज...