काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बधाई तथा ज्ञापनपत्र बुझाउन पुगेका वादी समुदायका अगुवासँगको छलफलमा उनले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रिपरिषदबाट निर्णय गरेको स्मरण गराए। उनले उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको […]