साउदी जेलमा रहनुभएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

पोखरा विमानस्थल निर्माणको ऋण अनुदानमा बदल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थल निर्माणका लागि लिएको ऋण अनुदानमा बदल्न पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ । पोखरामा आइतवार भएको एक कार्यक्रममा उहाँले छिमेकी मुलुकसँग यसबारे कुरा भइरहेको बताउनुभयो ।  पोखरा अन्तरराष्ट्रिय विमानस्थलले ऋणमा डुबायो भन्ने खालका अफवाहप्रति जानकार रहेको जनाउँदै उहाँले भन्नुभयो, ‘२५ प्रतिशतमात्र होइन, सबै ऋण अनुदानमा बदल्नेबारे मेरो ध्यान छ ।’  सन् २०२३ जनवरी १ (२०७९ पुस १७) मा सञ्चालनमा आएको उक्त विमानस्थल निर्माणका लागि सरकारले चिनियाँ एक्जिम ब्याङ्कबाट झण्डै २२ अर्ब रुपैयाँ ऋण लिएको छ । नेपालले उक्त ऋणमध्ये ७५ प्रतिशतको २ प्रतिशतका दरले ब्याज तिर्नुपर्छ भने बाँकी २५ प्रतिशत ऋणको ब्याज तिर्नुपर्दैन ।  अर्धवार्षिक किस्ता तिर्नुपर्ने तालिकाअनुसार नागरिक उड्डयन प्राधिकरणले उक्त ऋणको वार्षिकरूपमा २ अर्ब ४ करोड रुपैयाँ किस्ता तिर्नुपर्छ । प्राधिकरणले उक्त ऋणको किस्ता २०९२ असोज १ गतेसम्म तिरिसक्नुपर्ने कार्यतालिका छ ।  विमानस्थल बनाउनका लागि ऋण लिन नेपाल सरकारले २०७२ सालमा सो बैंकसँग सम्झौता गरेको थियो ।

प्रधानमन्त्री दाहाललाई नेपाल-चीन चेम्बरको बधाई

चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता काठमाडौं, ५ माघ। नेपाल-चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरको अध्यक्षतामा गएको संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बालुवाटारमा भेट गरी बधाई तथा शुभकामना प्रकट गरेको छ । भेटमा संघको प्रतिनिधिमण्डलले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने तथा यसका लागि सरकारले पहल गर्नुपर्ने विषयमा विभिन्न सुझाव […]