माधव नेपाल पक्षधर बहुमत केन्द्रीय सदस्यहरु पार्टी विभाजनको विपक्षमा, पक्षमा ३० जनामात्रै !

काठमाडौं, २३ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउने कष्टमा बहुमत केन्द्रीय सदस्यहरुले साथ नदिने भएका छन् । काठमाडौंमा साउन २१ र २२ गते दुई दिन लगातार बसेको बैठकमा बहुमत सदस्यहरु पार्टी एकताकै पक्षमा उभिएका छन् । उनीहरुले अन्तिमसम्मपनि एकताकै लागि पार्टीभित्र संघर्ष गर्नुपर्ने धारणा राखेका छन् । तर, प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

खनाल–नेपाललाई चार युवा नेताको पत्र– नयाँ राजनीतिक बाटो तय गरौं

माधव नेपाल पक्षधर नेकपा एमालेका चार प्रभावशाली नेताहरूले नयाँ राजनीतिक बाटो तय गर्न नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई सुझाव दिएका छन् । १९ गतेको मितिमा पठाइएको पत्रमा चार नेताहरूले ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी समेत दिएका छन् ।  एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा,विजय पौडेल र राजेन्द्रकुमार राईले नेताद्वय खनाल र नेपाललाई सुझाव दिएका हुन्  ।  ९ बुँदे लिखित सुझावमा भनिएको छ- रातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले...