प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम आएर नयाँ संसदको बैठक बस्ने बेलामा सरकारले जनमतको घोर अमान हुने गरी फौजदार सजायको व्यवस्था बदल्न अध्यादेश ल्याएको छ । निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बनाउन सहयोग हुने गरी सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता …