नेपाली काँग्रेस महोत्तरीको नेतृत्व चयनका लागि भोलि २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जिल्ला सभापतिको लागि यहाँ तीन जना मैदानमा उत्रिएका छन् । नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् । पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ । पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले द