मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारबाट खाना पकाउने (एलपी) ग्यास हटाउने अभियान सुरु भएको छ । चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको सो कार्यक्रमअनुरूप पहिलो चरणमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट ग्यास हटाउन थालिएको हो । ऊर्जा मन्त्रालयमा रहेको न्यु कञ्चन चमेना गृह र अर्थ मन्त्रालयमा रहेको सीएमएस हस्पिटालिटी क्यान्टिनले पूर्ण रूपमा ग्यास सिलिन्डर हटाएका छन् । अरू क्यान्टिनमा भने ग्यासको प्रयोग भइरहेको छ ।
काठमाडौँ । सरकारले विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्दै आगामी साउनदेखि सिंहदरवारमा ग्यास प्रयोगमा रोक लगाइनेछ । सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदानलाई घटाएर विद्युतमा दिने जनाएको हो । ‘एलपी ग्यास छोडौँ, बिजुली जोडौँ’ अभियान सुरु गरेको जनाउँदै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने बायो ग्यास र एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गरिने बताए । संसदमा आर्थिक वर्ष […]
पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सामूहिक दबाब अभियान सुरु गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको हालै सम्पन्न बैठकले नौबुँदे निर्णय गर्दै पेट्रोलियम क्षेत्रका देखिएका समाधानका लागि सामूहिक पहल गर्ने र सरोकारवाला निकायमा माग पेश गर्ने निर्णय गरेको हो ।समितिमा नेपाल एलपी ग्यास […]