धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको धनगढीमा आज बैठक सम्पन्न भएको छ। केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन गर्ने छलफल चलिरहेका वेला सरकारको नेतृत्व गरिरहेको माओवादीले संसदीय दलको बैठक गरेको हो।बैठकले सरकारको नेतृत्व परिवर्तनबारे आइरहेका चर्चा र केन्द्रीय गठबन्धनको चासोबारे सामान्य छलफल मात्र गरेको बैठकमा सहभागी एक सांसदले बताइन्। बैठकमा माओवादीबाट थुप्रै योग्य सांसदहरू मन्त्री बन्न छुटेको विषयमा पनि छलफल भएको उनले बताइन्। यस्तै बैठकमा आगामी आर्थिक वर्