बुटवल : चिसो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालय एक हप्तासम्मका लागि बन्द हुने भएका छन्।
गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले चिसोमा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस १९ देखि २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको जानकारी दिए। गाउँपालिकाले सोमवार जारी गरेको सूचनामा मौसम प्रतिकुल भइ चिसो…